July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मुख्यमन्त्री हुँदा के-के काम गरे पोखरेलले ?

भैरहवा – नेकपा एमाले नेता शंकर पोखरेल तीन वर्ष पाँच महिना २५ दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि पोखरेल निवर्तमान भए । सत्ताबाट बाहिरिएका पोखरेलले आफ्नो कार्यकालमा प्रदेशमा थुप्रै महत्वपूर्ण काम भएको बताएका छन् ।

Advertisement

सत्ताबाट बाहिरिए पछि पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘जिम्मेवारीमा रहेर आजबाट विधिवत रुपमा विदा भए । यस अवधिमा प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद !’ पोखरेलले नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीलाई नेतृत्वको नयाँ सरकारलाई कार्य सफलताको शुभकामनासमेत दिएका छन् ।

Advertisement

उनले लेखेका छन्, ‘मेरो मुख्यमन्त्रीत्वको कालमा व्यक्तिगत र संस्थागत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु अघि बढे । मुख्य कामलाई यस रुपमा शुत्रवद्ध गर्न सकिन्छ ।’

पोखरेलले आफ्नो कार्यकालमा भएका कामलाई फेसबुकमा यसरी शुत्रबद्ध गरेका छन् :-
१) प्रदेश स्थापना हुँदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको प्रकाशन
२) कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण
३) प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पंचवर्षीय योजना निर्माण
४) कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तिव्रता
५) आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालीन खर्चसंरचना तयार गरी कार्यान्वयनको थालनी
६) प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ्मा तोक्ने ऐतिहासिक निर्णय
७) कृषि, उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचान गरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण
८) सामाजिक र मानवीय विकासका लागि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासको थालनी
९) दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२ वटा जिल्लास्तरीय अस्पतालहरुको क्षमता विस्तार गरी ५० शय्याको अस्पतालका रुपमा स्तरोन्नती
१०) लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी
११) ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका
१२) विश्वविद्यालय स्थापना सम्बन्धित छाता ऐनको निर्माण र बाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय
१३) स्मार्ट कृषि गाउँ कार्यक्रम, हरित स्वयंसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषि क्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम
१४) प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्ने गरी प्रदेश एस्पोको सफल आयोजना
१५) आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरणगरी हामी लुम्विनीवासीको भावना निर्माण
१६) सुस्ता, मर्चवार र नरैनापुरजस्ता सीमावर्ती क्षेत्र र सीमानाकाको विकासमा अग्रसरता
१७) रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण
१८) प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।
१९) सुशासन ऐनको निर्माण गरी साधारण खर्च कटौती र विकास खर्चमा पारदर्शिता निर्माण
२०) प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमबाट कार्यान्वयन
२१) एक वर्षमा ४० हजार घरमा धारा जडान गर्न सफल
२२) सिंचाई, खानेपानी, तटबन्ध र सडकपुलमा शतप्रतिसतभन्दा बढी बजेटखर्च गर्ने क्षमताको विकास
२३) तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च शतप्रतिसत गर्न सफल
२४) केन्द्र र स्थानीय तहसंगको राम्रो समन्वय र सहकार्य
२५) औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्र गर्न सफल
२६) आगामी वर्ष झण्डै ८० वटा पुल निर्माण हुने अवस्थाको निर्माण
२७) केन्द्रबाट हस्तान्तरित सशर्तका कार्यक्रममा शतप्रतिसतभन्दा बढी बजेट परिचालन गर्न सफल
२८) केन्द्रका ठुला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण
२९) लुम्बिनी प्रदेशको दिर्घकालीन योजनाको आधार तयार
३०) ठुला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता
३१) तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार
३२) प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ
३३) दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण
३४) प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको
३५) सूचना प्रविधि प्रतिष्ठान गठनभइ डिजिटल प्रदेश निर्माणको थालनी
३६) प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमबाट प्रदेश र स्थानीय तहमा जनशक्ति विकासको थालनी
३७) पूर्वाधार विकास प्राधिकरण गठन भइ ठुला विकासका आयोजना अघि बढाइएको
३८) पालिकाहरुमा खेल पूर्वाधारको विकास र वहुद्देश्यीय भवनको निर्माण
३९) विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि
४०) मुस्लिम, दलित र कमैया र कम्लरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था
४१) प्रदेशमा अवस्थित विश्वविद्यालयसंग अनुसन्धानमूलक कार्यमा साझेदारीको थालनी
४२) मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका माध्यमबाट गरिवी निवारणमा महत्वपूर्ण योगदान
४३) राज्यका तीनवटै सुरक्षा निकायसंग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना
४४) जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि
४५) सहरी क्षेत्रमा सडक पेटी निर्माणमा तिव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास