लुम्बिनी सरकारको निर्णय : क्यान्सर, मिर्गौला र मुटु रोगीलाई आर्थिक सहयोग


भैरहवा – नवगठित लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई दुई लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आज नियुक्त सात सदस्यीय मन्त्रीमण्डलले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्रीमा कुलप्रसाद केसी र अन्य ६ मन्त्री नियुक्त पछि प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराइएको थिए । सपथ ग्रहण पछि बसेको मन्त्रिपरिषदको पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले खोपलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । बैठकले लुम्बिनी प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए । यस्तै, कोरोना हटलाइन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजेन परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्