October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

स्रोत नखुलेको साढे आठ लाखसहित दुई भारतीय पक्राउ

भैरहवा– सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब साढे आठ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल बीओपी डण्डा, भैरहवाले ८ लाख ४७ हजार भन्दा धेरै रुपैयाँ लुकाएर नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

Advertisement

उक्त बीओपीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण अर्यालको नेतृत्वमा खटिएको ९ जनाको मोवाइल गस्ती टोलीले बुधवार राति करिव ९ बजे बेलहियाको बाइपास नजिकै सडकमा चेकजाँचका क्रममा उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत महाराजगंज जिल्ला सोनौली बस्ने ३५ वर्षीय राजन जयसवाल र महाराजगंज जिल्ला नौतनवाका ६५ वर्षीय श्याम प्रकाश छन् । उनीहरु लु ५ प २१९९ नम्बरको मोटरसाइकलबाट भैरहवातर्फ आउँदै गरेका थिए ।

उनीहरुबाट बरामद भएको रुपैयाँको स्रोत खुलाउन नसकेपछि थप अनुसन्धान र कारवाहीका लागि रुपैयाँसहित पक्राउ गरि बिहीवार बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक अर्यालले बताए ।