August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने, उपसमिति गठन

बुटवल– आफ्ना सदस्यहरुको नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले एक लाख बरारबरको दुर्घटना बिमा गर्ने भएको छ । महासंघको शुक्रबार बसेको बैठकले साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरि दुर्घटना विमा गर्ने निर्णय गरेको महासंघ जिल्ला शाखा अध्यक्ष रामराज पोखरेलले बताए ।

Advertisement

अध्यक्ष पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासंघको कामलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा भौतिक पूर्वाधार उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा मोती न्यौपाने, पुनहरि बेल्बासे र नविन घिमिरे सदस्य छन् । यसैगरि अर्का उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा प्रकाशन उपसमिति गठन भएको छ । सदस्यहरुमा प्रकाश पाण्डे, प्रदीप आचार्य र सलमान खाँन सदस्य छन् ।

Advertisement

यसैगरि सचिव विनोद परियारको संयोजकत्वमा तालिम तथा अन्तरक्रिया उपसमिति गठन भएको छ । सदस्यहरुमा राधेश्याम विश्वकर्मा, राज चौधरी र कमला पाण्डे छन् । यसैगरि कोषाध्यक्ष सञ्जय सौगातको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यहरुमा शंकर पाण्डे, प्रकाश आचार्य र टंक सुनार छन् ।

यस्तै सहसचिव वीरेन्द्र कुँवरको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति बनाइएको छ । जसको सदस्यहरुमा कपिल अधिकारी, सलमान खाँन र नविन घिमिरे छन् । यसैगरि अर्का सहसचिव माया केसीको संयोजकत्वमा लैंगिक तथा समावेशि उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा कमला पाण्डे, राधेश्याम विश्वकर्मा र मोती न्यौपाने सदस्य छन् ।

बैठकले पूर्व अध्यक्ष तथा अग्रजहरुसँग रायसुझाव संकलन गर्ने गरि कार्यक्रम गर्ने निर्णय गरको छ । यसैगरि कोरोना महामारीका बेलामा स्वास्थ्य सामाग्री तथा कोरोना आपतकालीन कोषमा सहयोग गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई महासंघको संस्थागत र पत्रकार क्षमता अभिबृद्धिका लागि बजेट छुट्याएकोमा धन्यवाद दिने निर्णय गरेको सचिव परियारले जानकारी दिए । रुपन्देहीका सञ्चार गृह र कार्यरत सञ्चारकर्मीहरुको तथ्यांक संकलन गर्ने एंव संस्थाको बेवसाइड निर्माण गर्ने निर्णय महासंघले गरेको छ ।