January 23, 2025, Thursday
२०८१ माघ १०

महासंघ रुपन्देहीले पत्रकार दुर्घटना बिमा गर्ने, उपसमिति गठन

बुटवल– आफ्ना सदस्यहरुको नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले एक लाख बरारबरको दुर्घटना बिमा गर्ने भएको छ । महासंघको शुक्रबार बसेको बैठकले साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरि दुर्घटना विमा गर्ने निर्णय गरेको महासंघ जिल्ला शाखा अध्यक्ष रामराज पोखरेलले बताए ।

अध्यक्ष पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासंघको कामलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा भौतिक पूर्वाधार उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा मोती न्यौपाने, पुनहरि बेल्बासे र नविन घिमिरे सदस्य छन् । यसैगरि अर्का उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा प्रकाशन उपसमिति गठन भएको छ । सदस्यहरुमा प्रकाश पाण्डे, प्रदीप आचार्य र सलमान खाँन सदस्य छन् ।

Advertisement

यसैगरि सचिव विनोद परियारको संयोजकत्वमा तालिम तथा अन्तरक्रिया उपसमिति गठन भएको छ । सदस्यहरुमा राधेश्याम विश्वकर्मा, राज चौधरी र कमला पाण्डे छन् । यसैगरि कोषाध्यक्ष सञ्जय सौगातको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यहरुमा शंकर पाण्डे, प्रकाश आचार्य र टंक सुनार छन् ।

यस्तै सहसचिव वीरेन्द्र कुँवरको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति बनाइएको छ । जसको सदस्यहरुमा कपिल अधिकारी, सलमान खाँन र नविन घिमिरे छन् । यसैगरि अर्का सहसचिव माया केसीको संयोजकत्वमा लैंगिक तथा समावेशि उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा कमला पाण्डे, राधेश्याम विश्वकर्मा र मोती न्यौपाने सदस्य छन् ।

बैठकले पूर्व अध्यक्ष तथा अग्रजहरुसँग रायसुझाव संकलन गर्ने गरि कार्यक्रम गर्ने निर्णय गरको छ । यसैगरि कोरोना महामारीका बेलामा स्वास्थ्य सामाग्री तथा कोरोना आपतकालीन कोषमा सहयोग गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई महासंघको संस्थागत र पत्रकार क्षमता अभिबृद्धिका लागि बजेट छुट्याएकोमा धन्यवाद दिने निर्णय गरेको सचिव परियारले जानकारी दिए । रुपन्देहीका सञ्चार गृह र कार्यरत सञ्चारकर्मीहरुको तथ्यांक संकलन गर्ने एंव संस्थाको बेवसाइड निर्माण गर्ने निर्णय महासंघले गरेको छ ।