चुनाव गर्न ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति


अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने अर्थमन्त्रालयले शुक्रबार विज्ञप्ति मार्फत जानकारी दिएको हो।
२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति गरेको हो।







प्रतिकृया दिनुहोस्