April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मायादेवीको नीति तथा कार्यक्रमः गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, कृषि र पूर्वाधार विकासमा जोड

भैरहवा– रुपन्देहीको मायादेवी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएर आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँ सभामा पालिका अध्यक्ष धु्रवनारायण चौधरीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोरोना महामारीबाट बच्नका लागि योजनाबद्ध काम गरिने बताए ।

Advertisement

स्वास्थ्य संस्थाको सुधार र पूर्वाधार विकास गरिने उनले बताए । गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत बर्थिङ सेन्टर आउजाउको व्यवस्था गरिने उनले बताए । यस्तै, शिक्षा, स्वास्थ्यका अन्य पूर्वाधार, कृषि र पूर्वाधार विकासमा जोड दिएर पालिकाले नीति तथा कार्यक्रम ल्याएको हो ।

Advertisement

‘नेपालको संविधानको मर्म र भावना, स्थानीय सरकार संचालन ऐन, २०७४, दिगो विकास लक्ष्य, पन्ध्रौ योजना, मायादेवी गाँउकार्यपालिका तथा गाउँ सभाबाट पारित ऐन, नियमावली तथा कार्यविधिहरु, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन तथा प्रचलित कानुन तथा मापदण्डलाइ आधार बनाइ पब्लिक च्वाइस र पब्लिक भ्वाइसलाई मूलमन्त्र मान्दै यो नीति तथा कार्यक्रम तयार गरिएको हो’, उनले भने ।

यस्तो छ नीति तथा कार्यक्रम

सामाजिक विकासतर्फ
१) संघीय सरकारबाट प्राप्त शसर्त कार्यक्रम र बजेटसँग तालमेल हुने गरी स्वास्थ्यका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन थप बजेटको ब्यवस्था गरिने छ ।
२) पालिकाको स्वास्थ्य प्रणाली सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्ने कार्यक्रम लाई प्राथमिकतामा राखी कार्यक्रम तथा बजेटको ब्यवस्था गरेको छ ।
३) गाउँपालिकाबाट संचालित आधारभूत स्वास्थ्य सेवा केन्दहरु र स्वास्थ्य चौकीहरुबाट प्रदान गरिँदै आएका स्वास्थ्य सेवाहरुलाई थप गुणस्तरीय बनाउन र औषधि उपकरणको अभाव हुन नदिन बजेट विनियोजन गरिनेछ । साथै गाउँपालिका भित्र बसोबासगर्ने गरिव, सिमान्तकृत तथा पछाडि परेका समुदाय भएका क्षेत्रहरुमा आवश्यकताका आधारमा स्वास्थ्य सेवाको विस्तार गर्दै लगिने छ ।
४) गाउँपालिका स्तरको महामारी, रोग नियन्त्रण तथा विपद् व्यवस्थापनका लागी आकस्मिक योजना बनाई कार्यन्वयन गरिने छ । साथै महामारी तथा प्राकृतिक प्रकोपको ब्यवस्थापन गर्न पालिका स्तरमा कोष स्थापना गरिनेछ ।
५) कोरोना भाइरस रोगको संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि प्रदेश र संघिय सरकारसँग समन्यव गरी मापदण्ड अनुसारको ब्यवस्थापन गरिने छ ।
६) कोभिड–१९ महामारी न्यूनीकरणलाई उच्च प्राथमिकता दिई यसको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्था गर्दै गाउभित्र आवश्यक औषधि एवं औषधिजन्य सामग्रीको सहज आपूर्ति र उपलब्धता सुनिश्चित गरि महामरीबाट जनतालाई सुरक्षित राखिनेछ ।
७) स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाइ मातृ तथा नवशिशु स्वास्थ्य र पोषण स्थितीमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने आमाहरुलाई थप प्रोत्साहनको ब्यवस्था गरिने छ ।
८) सामुदायिक बिद्यालयहरुमा रहेका शिक्षक दरबन्दी न्यूनतालाई परिपुरण गर्दै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन शिक्षक ब्यबस्थापन सहयोग अनुदानलाइ निरन्तरता दिइने छ ।
९) विद्यालयमा कार्यरत बालबिकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र शिक्षक ब्यबस्थापन सहयोग अनुदानमा कार्यरत शिक्षकहरुले बिगतदेखि न्यून तलब सुबिधामा पुर्याएको योगदानलाइ सम्मान गर्दै स्रोत सिमितताका बाबजुत उत्साहजनक रुपमा सुबिधाको मिलान गरिने छ ।
१०) कोभिड–१९ ले विद्यालय संचालन र विद्यार्थीको सिकाई तथा मनोबिज्ञानमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न शिक्षक बिद्यार्थी बि.ब्य.स अभिभावक र सबै सरोकारवालाहरुको साझा प्रयासबाट बिभिन्न माध्यम र सामाग्रिको उपयोग गर्दै बिद्यार्थीको सिकाईलाइ निरन्तरता दिईने निति लिइने छ ।
११) विद्यालयमा विद्यार्थीको आँखा, दाँत, कानको जाँच गरी उचित परामर्शको ब्यवस्था गरिने छ ।
१२) स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिका कार्यहरु थप प्रभावकारी वनाइनुका साथै स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी स्वास्थ्यकर्मीको मनोवल बढाउने र शुसासन कायम गर्ने कार्यलाइ प्राथमिकता दिइने छ ।
१३) स्वास्थ्य सूचना प्रणाली तथा आपूर्ति ब्यवस्थापनलाई थप ब्यवस्थित गर्न सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाटै अनलाइन माध्यमबाट प्रतिवेदन प्रविष्ट गर्ने ब्यवस्था मिलाइनुका साथै समिक्षा प्रणालीलाई थप ब्यवस्थित बनाइने छ ।
१४) स्वास्थ्य कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कन र नियमन गर्ने संयन्त्रको विकास गरिनेछ ।
१५) गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थकर्मीहरु (सेवा प्रदायक) र सेवाग्राहीहरु वीचको सम्बन्ध विस्तारका लागि वडा स्तरदेखि गाउँपालिका स्तरसम्म भए गरिएका कामको सार्वजानिक सुनुवाई, सामाजिक परीक्षण तथा सेवागा्रही को गुनासो व्यवस्थापन गर्ने संयन्त्रको स्थापना गरिने छ ।
१६) २४ सै घण्टा सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीहरुका लागि स्थानीय निकायबाट थप सुविधाको व्यवस्था गरिने छ ।
१७) कार्य सम्पादनको आधारमा स्वास्थकर्मी र स्वास्थ्य सस्थाहरुलाई उचित प्रोत्साहनको ब्यवस्था गरिनेछ ।
१८) स्वास्थ्यका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था साथै दातृ निकायहरुसंग समन्वय गरी स्वास्थ्य क्षेत्रमा स्रोतको ब्यवस्थापन गर्न पहल गरिने छ ।
१९) गाउँपालिका भित्रका गर्भवती महिला सुत्केरी गराउन घरदेखि वर्थिङ्ग सेन्टर (कम्हरिया स्वास्थ्य चौकी) सम्म र वर्थिङ्ग सेन्टरबाट रिफर भएका गर्भवती तथा सुत्केरी महिलालाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिनेछ ।
२०) गाउँपालिका भित्र कोभिड–१९ का संक्रमित नागरिकलाई आइसोलेसन सेन्टर, अस्पताल सम्म लैजान निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
२१) महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी, कर्मचारीहरुको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने व्यवस्थालाई लागू गरिनेछ ।
सफा टोल घर र बस्ति यसैमा छ मायादेवीको पहिचान र प्रगति भन्ने नाराका साथ स्थानीय टोल विकास समितिलाइ सकृय बनाउदै फोहरमैला ब्यवस्थापनको उचित प्रबन्ध गर्न जोड दिइने छ । फोहर उत्पादन गर्नेबाटै ब्यवस्थापन गर्नु पर्ने नीति अबलम्वन गरिने छ । खानेपानी तथा सरसफाई समितिलाई अझ बढी उत्तरदायि बनाईनेछ ।
 सबैको स्वास्थ्य सुनिश्चीताको लागि घुम्ती सेवा, घर दैलो र ६० वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ग, असहायको उपचारमा विशेष सुविधा प्रदान गरिने छ । जेष्ठ नागरिकहरूलाइ सम्मान गरिने छ । फरक क्षमता भएका ब्यक्तिहरूलाइ उनिहरूको आवश्यकता अनुसार सहयोग गरिने छ ।सबै लक्षित समुदायहरुलाइ सशक्तिकरण हुन अभिप्रेरित गरिने छ ।
 आयुर्वेद चिकित्सा सेवालाई व्यवस्थापन गर्न आवश्यक कार्यक्रमहरु ल्याइने र व्यायम योग शिक्षालाई जोड दिने एंव गुणस्तरीय स्वास्थ्य र योग शिक्षाको ब्यवस्थापन गर्ने नीति लिईनेछ ।
 आयुर्वेद चिकित्साको माध्यमबाट पनि बिभिन्न रोगको रोकथाम. नागरीकको स्वास्थ्य प्रबद्र्धन तथा उपचारलाई प्रभावकारी र व्यवस्थित गर्दै समुदाय स्तरमा प्रचारात्मक तथा सन्देशमुलक रुपमा नागरीक आरोग्यताका लागि आयुर्वेदका बिभिन्न स्वास्थ्य पर्वधनात्मक कार्यक्रमहरु संचालन गरिने छ ।
 भान्सामा प्रयोग गरिने र गर्न सकिने जडिबुटीहरुको औषधीय प्रयोग एवं कोभिड रोकथाममा जडिबुटीहरुको उचित प्रयोगलाई प्रोत्साहन दिइने छ ।
 स्वस्थ जीवनशैली तथा योग कार्यक्रम विस्तार गरि मानसीक एवं नसर्ने रोग न्युनिकरण गर्ने नीति लिइने छ । अत्यावश्यक आयुर्वेद औषधीहरुको वर्षैभरी सहज उपलव्धता हुने व्यवस्था मिलाइने छ ।
 मायादेवी ३ मा सञ्चालित बर्थिङ सेन्टर २४ सै घण्टा सञ्चालन भईरहेकोमा थप भौतिक संरचना सुधार गरी प्रभावकारी सेवा प्रवाहमा जोड दिईनेछ । प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य केन्द्रहरुको सुधार तथा स्तरबृद्धी गरिने नीति लिइने छ ।
 एकल तथा दलित महिलाहरुको हित प्रवद्धन गर्ने, सीप विकास र आय आर्जन गर्ने कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिइनेछ । महिला बालबालिका तथा अन्य लक्षित वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने खालका आयोजनाहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिनेछ । सामाजिक कुरीतिको रुपमा रहेको वालविवाह, वहुविवाह, रुढीवाद, अन्ध विश्वास एवं भ्रमहरु हटाउन सामाजिक परिचालन मार्फत सचेतीकरण गरिनेछ ।
 ज्येष्ठ नागरिकहरुको उच्च रक्तचाप, क्यान्सर, मधुमेह जस्ता स्वास्थ्य परीक्षण शिविर र सहायता सामग्री वितरण कार्यक्रमहरु क्षेत्रगत रुपमा सञ्चालन गरिनेछ ।
 गाउँपालिका क्षेत्रभित्रका सवै विद्यालयस्तरमा, समुदायस्तरमा, वडास्तरमा र गाउँपालिका स्तरमा बालक्लव र बालसंजाल गठन पुनर्गठन लाई नियमित गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
 मायादेवी गाउँपालिकालाई वालमैत्री गाउँपालिका घोषणाको अवस्थामा पुर्याउन कार्यविधिले तोके वमोजिम कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
 नवजात शिशु, वालवालिका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य हितका लागि पोषण सम्वन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
 गाउँपालिकाको पहिचान दिने, रोजगारी र स्वरोजगारिता सृजना गर्ने, स्थानीय श्रोत साधनको अतिकतम प्रयोग गर्ने योजना कार्यक्रमलाई प्राथमिकता दिईनेछ । स्थानीय सहकारीहरुसंगको सहकार्यमा गरिबी न्यूनीकरण र समावेशी विकास गरी सामाजिक विभेद कम गर्दै लगिनेछ ।
 परम्परागत पेशा, सीप र प्रविधिमा आधारित व्यवसायलाई समावेशीकरण र आधुनिकीकरण गर्न प्रोत्साहन गरिनेछ । यौनिक लैगिंक अल्पसंख्यकहरुको मूल प्रवाहीकरणका लागि क्षमता अभिवृद्धि र आय आर्जनमा सहकार्य गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
 दुर्व्यसनमा फसेका युवाहरुलाई लक्षित गरी लागु पदार्थ दुर्व्यसन एच.आइ.भि.एड्स नियन्त्रण गर्न समुदाय तहमा सचेतीकरण कार्यक्रम सञ्चालन गरिनेछ । दुर्व्यसनमुक्त समाज निर्माणका लागि सकारात्मक सोंच सम्वन्धी तालिमवाट स्वरोजगार र आत्म निर्भरता तर्फ अग्रसर गराइनेछ । समुदाय तहमा सञ्चालन गरिने पुनस्थापना कार्यक्रममा सहकार्य गरिनेछ ।
 “गुणस्तरीय शिक्षा मायादेवीको प्रतिबद्धता” भन्ने मुल धेय सहित सबै बालबालिकालाइ विद्यालयमा “अनिवार्य पठाउं, सिकाउं र टीकाउं” भन्ने अभियान सहित सामुदायिक, धार्मिक विद्यालयहरूमा भौतिक पुर्वाधार विकास संग संगै गुणस्तरीयता अभिबृद्धीमा जोड दिइने र राम्रो नतिजा ल्याउने विद्यालयहरूलाइ पुरस्कृत तथा सम्मान गरिने छ । कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नसक्ने अवस्थाका बालबालिकाहरुकोलागि जनप्रतिनिधिहरू, कर्मचारीहरू, शिक्षकहरू, समाजका प्रतिष्ठित ब्यक्ति, समाजसेवीहरूबाट शैक्षिक अभिभावकत्व ग्रहण गरी विद्यालय पठाउने र टिकाउने नीति अनुसरण गरिने छ ।
 आर्थिक वर्ष २०७८–०७९ को नेपाल सरकार को बजेटमा उल्लेख भएको प्रारम्भिक बालविकास, विद्यालय कर्मचारी तथा निजि श्रोतका शिक्षक कर्मचारीहरु न्युनतम पारिश्रमिक लागू गरि समय सापेक्ष बनाइनेछ ।
 कोभिड १९ को माहामारीबाट सृजना भएको असहज शैक्षिक वातावरणलाई क्रमशः बैकल्पिक उपायहरुका माध्यमबाट सहज बनाइने छ र बिद्यार्थिको सिकाई प्रकृया र सिकाई वातावरण बैकल्पिक माध्यमलाई अबलम्बन गर्न शिक्षक र बिद्यार्थिलाई प्रोत्साहित गरिनेछ ।
 समाज रुपान्तरणको मुख्य आधार शिक्षा हो भन्ने मान्यतामा टेकेर प्रत्येक नागरिकमा निहीत आधारभुत तह सम्म अनिवार्य र निःशुल्क तथा माध्यामिक तह सम्मको निःशुल्क शिक्षा पाउने संबैधानिक हकलाई उच्च सम्मान गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिने छ ।
 भौतिक पूर्वाधार सुधार, शिक्षक ब्यवस्थापनको सुनिश्चितता, बालमैत्री बसाई ब्यवस्थापन, खेलकुद तथा सहक्रियाकलापमा बिद्यार्थिको सहभागिता एवं शिक्षक र कर्मचारीको क्षमता बिकासका लागि बिशेष ब्यवस्था मिलाइने छ ।
 बिद्यार्थिहरुको नियमितता दरलाई उच्च बनाई उनिहरु सिकाइ सुनिश्चिततालाइ जोड दिइनेछ । बालबिकास देखि कक्षा १२ सम्मको बिद्यालयगत शिक्षक दरबन्दी बिद्यार्थी संख्या, तह र बिषयगत आधारमा अध्ययन गरी दरबन्दी मिलान कार्यको प्रारम्भ गरीने छ ।
 बिद्यार्थिको सिकाई प्रति शिक्षकलाई र नियमितता प्रति अभिभावकलाइ जिम्मेवार र जवाफदेही बनाईने छ । जेहन्दार छात्रछात्रालाई प्रोत्साहन गर्ने निति अंगिकार गरीनेछ । बिद्यालय शिक्षा उमेर समुहका सबै बालबालिकालाई बिद्यालय भित्र ल्याउन र टिकाइ राख्न अभिभावक शिक्षा तथा बहस पैरवी कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
 बिद्यालयहरुको नियमित र सघन सुपरीबेक्षण तथा अनुगमन प्रणाली बिकास गरीने छ । गाउँपालिकाबाट सञ्चालन गरीने सबै कार्यक्रमहरुमा सबैका लागि शिक्षा तथा अनिवार्य निःशुल्क शिक्षा प्रतिको हामी सबैको साझा दायित्वलाई एकिकरण गर्दै अगाडी बढीने छ ।
 संस्थागत बिद्यालयहरुले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई थप ब्यवस्थित र गुणस्तरीय बनाउन प्रेरित गरिने छ । मदरसा शिक्षाको मुलप्रवाहीकरणलाई ब्यवस्थित बनाउदै लगिने छ ।
 गाउँपालिका क्षेत्रभित्र क्रियाशील गैर सरकारी संस्थाहरुको कार्यलाई व्यवस्थित गरी नतिजामूलक वनाउन र प्रभावकारी परिचालन गर्न गैसस परिचालन नीति वनाईनेछ ।
 “शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, उद्योग र व्यापार विकासका मूल आधार” भन्ने नारा सार्थक बनाउन मायादेवी गाउँपालिकको विकासमा अग्रणी क्षेत्र उन्मुख कार्यक्रम सञ्चालन गर्ने विषय क्षेत्रसंग सम्बन्धित संघ सस्था, निजीक्षेत्रसंग समन्वय र सहकार्य गरी सार्वजनिक निजी साझेदारीलाई प्रबर्धन गर्न तथा त्यस्ता कार्यक्रमहरु ल्याउन प्रोत्साहित गरिनेछ ।
 महिला स्वास्थ्य स्वयंसेविका सेवालाई थप प्रभावकारी वनाउन सञ्चालन व्यवस्थापन निर्देशिका वनाई कार्यान्वयन गरिनेछ । स्वयंसेविकाहरुको वृत्ती विकासको लागि स्वयंसेविका कोषको स्थापना गरी रकम वृद्धि गर्दै स्वयंसेविकाको हित प्रवर्द्धनमा परिचालन गर्न निर्देशिका वनाई कार्यान्वयन गरिनेछ ।
 निजी स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन र नियमन गरिनेछ । अवैध रुपमा संचालित स्वास्थ्य संस्थाहरु बन्द गराइनेछ ।
 मायादेवी गाउँपालिका क्षेत्र अन्तरगत संचालित मदिरा पसललाई अनुशासित एवम मर्यादित बनाउन एक निर्देशिका बनाई प्रभावकारी नियमन गर्ने निति ल्याईनेछ । धुम्रपान तथा मद्यपानलाई निरुत्साहित गर्न सार्वजनिक रुपमा धुम्रपान तथा मद्यपान गर्नेलाई जरिवाना गरिनेछ ।
 यस मायादेवी गाउँपालिका अन्तरगतका पिडित महिला तथा वालवालिकाहरुलाई न्यायमा पहुँचको निति अवलम्बन गरिनेछ । साथै निज पिडित वालवालिका तथा महिलाहरुलाई निःशुल्क न्यायिक उपचारको व्यवस्था गरिनेछ ।
 यस मायादेवी गाउँपालिका अन्तर्गतका सम्पुर्ण गाउँपालिकावासीलाई न्यायमा पहुँच गराईनेछ ।
 “छोरा छोरी दुवै बरावरी” भन्ने मुल नारालाई यस गाउँपालिका अन्तर्गत सार्थक बनाउनको निम्ति गरिएको छोरी विमा कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
 मेला महोत्सव जस्ता विविध कार्यक्रमहरु अति आवश्यक मात्र गरिने छ सो कार्यमा गरिने खर्चमा मितव्ययीता अपनाइने छ ।

आर्थिक विकासतर्फ
 यस मायादेवी गाउँपालिकाभित्र आवश्यक पर्ने पुर्वाधारहरु तयार गरि सहकारीको सहयोगमा कृषि उद्यम परियोजनाहरु सञ्चालन गरिनेछ ।
 मायादेवी गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिनको पहिचान गरी नमुना व्यवसायिक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्न जोड दिईनेछ ।
 समुहीक खेती, करार खेती र र व्यवसायिक खेतीको व्यवस्था मिलाई जग्गा वाझो नराख्ने निति सहित बाली बस्तुको बिमा कार्यक्रम सहज र सस्तो रुपमा गरिने नीति लिईनेछ ।
 “गाउँ–गाउँमा सहकारी, घर–घरमा स्वरोजगारी” मुल नाराका साथ स्थानीय क्षेत्रमा गठन भएका सहकारी संस्थाहरुको क्षमता विकास गर्नुका साथै विकासमा सहकारी संगको साझेदारी सहकार्यमा जोड दिईनेछ ।सहकारीहरुको संख्यात्मक विकासभन्दा गुणात्मक विकासमा जोड दिईनेछ ।
 अर्गानिक तरकारी खेती गर्नेलाई प्रोत्साहन गरिनेछ । स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गरी स्थानीय गाउँवासीले रोजगारी पाउने खालका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिईनेछ । कृषि उत्पादनको लागि कृषि विउहरु उत्पादन गर्ने व्यवस्था मिलाईनेछ ।
 पशु खोप कार्यक्रम, पशु गोठ व्यवस्थापन, पशु आहारा जस्ता कार्यक्रम पशुपंक्षी विकास शाखाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ ।
 दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न यस गाउँपालिका अन्तर्गत दुग्ध विकास संस्थासंग समन्वय गरी एक दुग्ध चिस्यान केन्द्रको स्थापना तथा सञ्चालन गर्ने नीति लिईनेछ । साथै यस गाउँपालिका अन्तरगत कृषि समाग्रीको दिर्घकालिन संरक्षण गर्न हेतु एक कृषि चिस्यान केन्द्रको स्थापना गर्ने निति लिईनेछ ।
 सार्वजनिक जग्गा तथा नदी किनारमा कृषि र फलफुल तरकारी खेती गर्न प्रोत्साहित गर्ने नीति लिइनेछ ।
 उद्योग बजार, रोजगारी प्रर्वद्धन स्वरोजगारिता र सीप विकास प्रर्वद्धन, अनौपचारिक श्रमिकहरुको लगत संकलन, अभिलेखीकरण तथा विपन्न वर्गका युवाहरुलाई ब्यवसायिक तालिम दिने व्यवस्था गरिनेछ । उपभोक्ता अधिकार, गुणस्तर सम्बन्धी जनचेतना अभिवृद्धी गराउने र नियमित बजार अनुगमन र नियमन प्रणालीको विकास गरिनेछ ।
 यस गाउँ पालिका अन्तरगत रहेका मठ, मन्दिर, मस्जिद तथा पोखरी एवं तालहरुको सुदृढीकरण एवम सौन्दर्यीकरण गरी आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय केन्द्र स्थापना गरिनेछ
 विदेशवाट फर्कि आएका युवाहरुलाई समेत लक्षित गरी युवालक्षित कृषि कार्यक्रम सञ्चान गरिनेछ ।
 गाउँपालिका भित्र रहेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका धरोहरकाहरुको खोजी पहिचान एवं संरक्षण र सम्वर्धन गर्ने तर्फ जोड दिनेछ ।
अन्तराष्ट्रिय सहयोग, सहकार्य, समन्वय र सम्बन्ध विस्तार सम्बन्धी नीति
 मायादेवी गाउँपालिकाको समग्र विकास लाई केन्द्रमा राखी पर्यटन शिक्षा खेलकुद सांस्कृतिक स्वास्थ्य कृषि लगयत एकिकृत विकासका लागी लुम्विनी गार्डेन फाउन्डेशन स्पेन संगको सम्बन्धलाई थप संस्थागत समन्वय र सहकार्य गरिनेछ ।
 राष्ट्रिय अन्तराष्ट्रिय सरकारी गैरसरकारी संघ संस्थाको सहयोग लिने दिने र संस्थागत सम्बन्ध बिस्तार गरी आर्थीक तथा प्राबिधिक सहयोग लिने निति अनुसार युरोपको लुम्विनी फाउन्डेसन स्पेन र यस गाउँपालिकाको सम्बन्ध कायम हुनुको साथै अन्य निकाय संग समेत सम्बन्ध बिस्तार गर्ने नीति लाईने छ ।
 यस गाउँपालिकाको विकासको लागि विश्व शान्तीका दुत भगवान गौतम बुद्ध सँग सम्बन्धित अन्य गाउँपालिकाहरु सँग समन्वय र सहकार्य गरिने छ ।
 मायादेवी गाउँपालिकाको पर्यटन र कृषिको विकास एंव फोहर व्यवस्थापनका लागि राष्ट्रिय अन्तराष्ट्रिय अध्ययन भ्रमणको निति अवलम्बन गरिने छ ।
 सहकारी मार्फत कृषिजन्य उत्पादनको खरिद विक्री प्रकृयालाई सरलिकरण गरिनेछ । गाउँ भित्रका सम्पूर्ण सहकारीलाई सहकारीको सिद्धान्तको वारेमा जानकारी गराउने नीति लिईनेछ । सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न लगाई रोजगारीका अवसरहरु सृजना गर्न प्रेरित गरिनेछ ।
 अनुत्पादक खर्चको कटौति र उत्पादक क्षेत्रमा लगानी गर्ने नीति लिइनेछ । कृषि पेशालाई व्यवसायी करण, यान्त्रिकरण र बजारीकरण गराई गरिवी निवारण निर्मुल पार्न योगदानमा आधारित कृषि विउ वितरण कार्यक्रम सञ्चालनमा ल्याईनेछ । व्यवसायीक खेती गर्नेलाई विउँ, विरुवा तथा कृषि सामाग्री वितरणमा ५० प्रतिशत र ७५ प्रतिशत अनुदानका कार्यक्रम ल्याईनेछ ।
 कृषि तथा पशुपंक्षीपालनलाई व्यवसायिक बनाउन व्यवसायिक कृषि तथा पशुपंक्षी पालक कृषकहरुलाई सहज र सरल रुपमा पूँजी व्यवस्थापनका लागि वित्तीय क्षेत्रसँग समन्वय गरिनेछ ।
 प्राङ्गारिक खेतीलाई प्रोत्साहन दिईनेछ । माछापालनको लागि सार्वजनिक तथा निजि पोखरी निर्माणमा जोड दिईनेछ ।
 गाउँपालिकाको स्वामित्वमा रहेका ताल तलैया पोखरीमा व्यवसायिक रुपमा मत्स्य पालन गर्न गाउँपालिकाबाट ठेक्का पट्टा गरी लिजमा दिइने नीति लिईएको छ ।

पूर्वाधार तथा भौतिक विकासतर्फ
 “हाम्रो सडक, हाम्रो सहभागिता, स्तरीय सडक, हाम्रो प्रतिबद्धता” अनुरुप गाउँपालिका क्षेत्रभित्रका कच्ची सडकलाई नाली कल्भर्ट, ह्युमपाइप सहित पिच सडकमा स्तरोन्नति गरिनेछ । साथै कालो पत्रे सडकमा भएका खाल्डा खुल्डीहरुलाई मर्मत गरी सुधार गरिनेछ । निर्माणाधिन अवस्थामा रहेको क्रमागत अधुरो आयोजनाहरुलाई क्रमागत रुपमा पुरा गर्दै लगिनेछ ।
 यस मायादेवी गाउँपालिका अन्तर्गत रहेका भौतिक संरचनाहरु जस्तै धर्मशाला, मन्दिर आदि र नयाँ संरचना तयार हुने आयोजनाको दिर्घकालिन संरक्षण एवम संवद्धनको लागि उपभोक्ता समिति बनाई हस्तान्तरण गरी आयोजना सञ्चालन गरिनेछ ।
 पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालन गरिनेछ । यस मायादेवी गाउँपालिका अन्तर्गत सञ्चालन हुने आयोजना तथा परियोजनाहरुलाई अपनत्व, स्वामित्व संरक्षण पारदर्शी एंव दिगो विकास लक्ष्य प्राप्तिका लागि आयोजनाहरु ल्याउने निति लिईनेछ ।
 “एक वडा एक खेलकुद मैदान” को अवधारणा अनुरुप मायादेवी गाउँपालिकामा जग्गा पहिचान तथा खेलकुद पूर्वाधार विकास योजना तयार गरी एकएक खेलकुद मैदान निमार्ण गरिनेछ ।
 सम्पूर्ण वडा कार्यालयहरुलाई वडा सेवा केन्द्रका रुपमा विकास गर्न तथा वडा समिति कार्यालय मार्फत गरिने कार्यलाई प्रभावकारी रुपमा सम्पादन गर्नका निम्ति आवश्यक पूर्वाधार निर्माण कार्य अघि बढाईनेछ ।
 ठूला आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा डि.पि.आर. गरी सामाजिक, आर्थिक र वातावरणीय दृष्टिकोणबाट सम्भाव्य आयोजनाहरुको कार्यान्वयनमा जोड दिईने छ । अधुरा तथा क्रमागत आयोजनाहरुलाई प्राथमिकता दिई सम्पन्न गर्दै लगिनेछ ।
 भौतिक पूर्वाधार तथा संरचनाहरुको गुणस्तर कायम गर्ने कार्यलाई प्रभावकारी बनाउन उपभोक्ता समिति र अनुगमन समितिलाई थप प्रभावकारी बनाइनेछ ।
 उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरु निर्माण सम्पन्न भई फरफारक भएपछि दीर्घकालसम्म आयोजनाको सञ्चालन, व्यवस्थापन र मर्मत सम्भारमा स्वयं उपभोक्ताहरुलाई नै जिम्मेवार बनाउने नीति लिइनेछ ।
 समुदायसंग सहकार्य गरी सौर्य सडक बत्ती जडान तथा सञ्चालनमा जनसहभागितालाई प्रोत्साहित गरिनेछ, साथै वैकल्पिक उर्जा प्रवर्द्धन गर्ने कार्यलाई प्रोत्साहित गर्दै लगिनेछ ।
 पिच, नाली, हरियाली, विद्युतिकरण, पार्किङ्ग सहितको नमूना सडकलाई बजेटमा प्राथमिकता दिईनेछ । वडाहरुवाट प्राप्त सम्पुर्ण योजनाहरुको प्रोजेक्ट बैंक बनाइ कार्यान्वयन गरिनेछ ।
 विकास व्यवस्थापनका दृष्टिले पछाडि परेका वडाहरुमा सन्तुलित विकास गर्ने नीति अवलम्वन गरिनेछ । सोही अवधारणा अनुरुप जनसंख्या, क्षेत्रफल, विकासको अवस्था, आन्तरिक आयमा योगदान जस्ता सूचकका आधारमा वडा स्तरीय श्रोतसाधनको बाँडफाँड गर्ने नीति अवलम्बन गरिनेछ ।
 ग्राभेल सडक निर्माण क्षेत्रमा ८०–२० को जनसहभागिताको निति लिईनेछ । ह्युम पाइप, कल्भर्ट, तटबन्ध, पुल जस्ता संरचना निर्माण कार्यमा अवस्था हेरी कम्तिमा १५ प्रतिशत उपभोक्ता लगत सहभागितामा गरिनेछ ।
 ५ लाख भन्दा माथिको सबै प्रकारको योजनाहरुमा गुणस्तर परिक्षण अनिवार्य गरिनेछ ।
 पूर्वाधार निर्माण गर्दा महिला मैत्री, वाल मैत्री, अपाङ्गमैत्री तथा वातावरण मैत्री हुने नीति लिइनेछ ।
 हेभि इक्विपमेन्ट प्रयोग हुने कालो पत्रे, आर.सि.सि. ढलान, भवन तथा पूर्वाधार निर्माण हुने प्रकृतीका आयोजनाहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ६१ बुँदे परिपत्र अनुसार बोलपत्रको माध्यमबाट अनिवार्य लागु गर्ने नीति लिइनेछ ।
 गाउँपालिका केन्द्र तथा वडा कार्यालय सम्म आउने जाने बाटोलाइ स्तरोन्नती गरी आवश्यकता अनुसार कालो पत्रे बाटोको रुपमा बिकास गरिदै लगिनेछ ।

वातावरण तथा विपत व्यवस्थापनतर्फ
 यस मायादेवी गाउँपालिकामा रहेको आकस्मिक विपत व्यवस्थापन कोषको रकमलाई वृद्धि गरी बिपत राहत वितरण गरी अभिभावकत्वको भुमिका निर्वाह गरिनेछ ।
 विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र जोखिम न्यूनिकरण तयारीको कार्य गरिनेछ । विपद् न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली सम्वन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गरिनेछ ।
 यस गाउँपालिका भित्र रहेको तिनाउ र दानव खोलाको बिभिन्न ठाउँहरुमा नदि कटान डुबान जस्ता समस्या हटाउन आवश्यक तटवन्ध फोहोरमैला व्यवास्थापनका लागि आवस्यक पर्ने डम्पिङ्ग साईड निर्माणका लागि जग्गा खोजि कार्यमा जोडदिने तथा बनाई ३ वर्ष भित्र दिर्घकालिन बाढी तथा पहिरो नियन्त्रण व्यवस्थापन गरिनेछ ।
 एक परिवार दुई विरुवा को अवधारणालाई सफल बनाउन प्रत्येक नक्सा पास गर्ने घरधनीले वृक्षारोपणलाई जोड दिने छ । कम्तिमा दुई विरुवा रोप्नु पर्ने अनिवार्यता कायम गरिनेछ ।
 सडक, नाली, सार्वजनिक र खुल्ला स्थानमा फोहर फाल्नेलाई कार्वाही गरिनेछ । सो को प्रभावकारी अनुगमन व्यवस्था मिलाइनेछ । सरसफाई र फोहर व्यवस्थापनलाई व्यवस्थित वनाउन वडा स्तरमा फोहोर व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रुपमा परिचालन गर्ने नीति लिइनेछ ।
 जैविक अजैविक फोहरलाई उत्पादन तहदेखि नै वर्गिकरण गरी छट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइनेछ । जैविक फोहरवाट घरैमा कम्पोष्ट मल वनाउन प्रेरित गरी गमला, कौशी, छत, करेशावारीमा तरकारी खेती गर्न प्रोत्साहित गरिनेछ ।
 यस गाउँपालिका अन्तर्गत हरेक वडा तहमा एक हरित बाल उद्यान पार्क निर्माण गरी सञ्चालनमा ल्याईनेछ ।जलवायु अनुकुलन सम्वन्धि कार्यक्रमहरु कार्यान्वयन गरिने छ ।
 सार्वजनिक जग्गाको सरंक्षण वडा समिति र समुदायको सहभागितामा गरिनेछ ।

राजस्व परिचालन तथा श्रोत अभिवृद्धितर्फ
 मायादेवी गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सिमेन्ट फ्याक्ट्री, ईट्टा उद्योग, रड, फलाम उद्योग लगायतका अन्य ठुला उद्योगहरुले व्यवसाय वा सेवामा पूँजीगत लगानी, उत्पादन, निर्यात, लाभ र आर्थिक कारोबारको आधारमा आपसी समझदारीमा बार्षिक व्यवसाय कर लगाईनेछ ।
 व्यवसाय करको दर र दायरा बढाउने र बढी भन्दा बढी व्यवसायी हरुलाई कर तिर्न प्रोत्साहित गर्न विविध कार्यक्रम सहित कर जागरण कार्यक्रम सञ्चालन गर्नुका साथै राजस्व संकलन कार्यलाई व्यवस्थित गरी वडा कार्यालयहरु बाटै व्यवस्थित कर, शुल्क तथा दस्तुर असुल गर्ने व्यवस्था गरिनेछ ।
 वार्षिक रुपमा व्यवसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन “व्यवसाय कर तिरौँ, विकास कार्यमा सरिक हौँ” भन्ने नाराका साथ वडा समिति र टोल विकास संस्थाहरुलाई अभिमुखिकरण सहित सशक्त बनाई परिचालन गरिनेछ ।
 गाउँसभा द्वारा पारित कर साउन महिना भित्रै बुझाउनेलाई सम्पत्तीकर, व्यवसाय कर, बहाल विटौरी कर, घर जग्गा बहाल करमा लाग्ने करमा १० प्रतिशत छुट दिइनेछ । चालु आर्थिक वर्षको आषाढ मसान्त सम्म कर नबुझाई बक्यौता कायम हुन आएमा बक्यौता कायम हुन आएको आ.व. बाट पहिलो वर्ष १० प्रतिशत र त्यस पछिका प्रत्येक वर्षमा द्दण् र तेस्रो बर्षदेखी २५ प्रतिशतका दरले विलम्ब जरिवाना समेत जोडी हालकै दररेटमा बक्यौता समेत असुल गरिनेछ । तर कार्यालयबाट भएका अन्य सम्झौताको हकमा सम्झौता बमोजिम हुन बाधा पर्ने छैन ।
 करदाता विवरण डिजिटल प्रविधिमा आवद्घ गरी प्रत्येक करदाताको स्मार्ट ट्याक्स एकाउन्ट बनाई लागु गरिनेछ । साथै समयमै कर भुक्तानीलाई थप व्यवस्थित बनाउन स्वचालित एस. एम. एस. प्रविधीबाट करदातालाई सुचना उपलब्ध गराईनेछ ।
 व्यवसाय कर लिदाँ एउटै फर्ममा फरक, फरक प्रकृतीका व्यवसाय सञ्चालन भएको हकमा तोकिए बमोजिमको फरक फरक प्रकृतीको व्यवसाय करको दरले हुन आउने रकम जोडी व्यवसाय कर लिइनेछ ।
 यस गाउँपालिका क्षेत्र भित्रका कुनै व्यक्ति वा संस्थाले भवन, जग्गा, गोदाम सेड आदि आशिंक वा पुर्ण रुपमा वहालमा लगाएका धनीसंग निजले वहालमा लगाएको अंक रकमको १० प्रतिशतका दरले सम्बन्धित धनीसँग वहालकर लिइनेछ ।
 गाउँपालिका अन्तर्गत रहेका सार्वजनिक जग्गामा गाउँपालिकाले वा व्यक्ति स्वयमले गाउँपालिकाको स्विकृती लिई अस्थाई संरचना बनाई उपभोग गर्न दिइएको खण्डमा वहाल विटौरी कर असुल गरिनेछ । यसरी अस्थाई संरचना बनाई उपभोग गर्दा गाउँपालिकाले आवश्यक परेको खण्डमा सम्झौता भंग गरी उक्त जग्गा खाली गर्न बाधा परेको मानिने छैन ।
 सम्पत्ती कर, व्यवसाय कर, घर बहाल कर, बहाल विटौरी कर, मनोरञ्जन कर आदिलाई पारदर्शी र प्रभावकारी बनाउन आवश्यकता अनुसार कार्यविधी, निर्देशिका बनाई व्यवस्थित गरिनेछ ।
 केबुल सञ्चालक र डिस होम विक्रेता डिलरहरु संग समन्वय गरी प्रत्येक केबुल संचालकबाट ग्राहक संख्याका आधारमा मासिकरुपमा मनोरञ्जन कर लिने व्यवस्था मिलाईनेछ ।
 आफ्नो वा सगोल परिवारले गाउँपालिकालाई भुक्तान गर्नुपर्ने कर शुल्क दस्तुर समयमा नबुझाई बक्यौता राख्ने करदातालाई यस गाउँपालिका बाट प्रदान गरिने कुनै पनि सेवा सुविधा तथा सिफारिस रोक्का गरिनेछ ।यही बुदाँ नक्सा पास नगरेका व्यक्ति तथा सगोल परिवारलाई पनि लागु हुनेछ ।
 कुनै पनि योजना सम्झौता गर्नु अगावै उपभोक्ता समितिका पदाधिकारीहरुले आफुले बुझाउनु पर्ने सम्पत्ती कर, व्यवसाय कर, घर वहाल कर लगायत भुक्तान गर्नु पर्ने रकम अनिवार्य हुनेछ । सो योजनाबाट लाभान्वित हुने उपभोक्ताहरुलाई त्यस्ता कर तिर्न प्रोत्साहित गरिनेछ ।
 मायादेवी गाउँपालिकालाई नियमित र बढी कर तिर्ने करदाताहरुलाई प्रोत्साहन तथा सम्मान गरिनेछ ।
 मायादेवी गाउँपालिकाको स्वामित्वमा भोगाधिकार रहेको संरक्षण र परिचालन गर्न सक्ने भवन, जग्गा जमिन, हाट वजार, पोखरी, खोलानाला तथा अन्य भौतिक सम्पत्तीको अभिलेख अध्यावधिक गरी राजस्व आम्दानीको माध्यमको रुपमा परिचालन गरिनेछ । यस्ता श्रोतको परिचालन गर्दा प्रतिस्पर्धात्मक पद्वतीको अवलम्बन गरिनेछ ।
 सम्पत्ती कर बुझाउने कुनै कर दाताले आफ्नो नाममा रहेको सम्पत्ती लुकाई वा खण्डीकरण गरी वा भौतिक संरचना नदेखाई सम्पत्ती मुल्याङ्कन गराई कर तिरेको प्रमाणित भएमा वास्तविक सम्पत्तीको मुल्याङकनबाट लाग्ने कर रकममा साविकमा बुझाएको रकम घटाई बाकी रहेको रकममा ५० प्रतिशतले हुने थप रकम जरिवाना गरी कर समेत असुल उपर गरिनेछ । सम्पत्ती मुल्याङ्कन गर्दा निजको नाममा स्वामित्व प्राप्त भएको मिति र सम्पत्ती कर लागु भएको वर्ष दुवै तथ्यलाई ध्यानमा राखी गणना गरिनेछ ।
 श्रोत परिचालन र व्यवस्थापनमा मायादेवी गाउँपालिकालाई सुक्ष्म र आत्मनिर्भर बनाउन, प्रचलित कानुन बमोजिम लगाउन सकिने सवै स्रोतहरुको वास्तविक पहिचान, विश्लेषण, प्रक्षेपण समतामुलक, प्रगतिशिल र न्याय पुर्ण बनाई राजस्वको दायरालाई अधिकतम रुपमा फराकिलो पारिनेछ ।
 गाउँपालिकाबाट सञ्चालित आयोजनाहरुको अपनत्व, संरक्षण तथा विकास निमार्णमा जनसहभागीता भन्ने मुल नाराका साथ अनिवार्य लगत सहभागिताको व्यवस्था गरिनेछ ।
 अशक्त, अपाङ्ग असहाय, तथा दैवी प्रकोप पिडित र ७० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई गाउँपालिका तथा वडा कार्यालयबाट उपलब्ध हुने सबै सिफारिस निःशुल्क रुपमा प्रदान गरिनेछ ।

घर नक्शा पास, नियमित तथा अभिलेखिकरणतर्फ
१) मायादेवी गाउँपालिका मातहतका क्षेत्रमा निर्माण गरिने सबै किसिमका भवनहरुको कम्तिमा तिन वर्ष अनुभव प्राप्त ईन्जिनियर तयार गरेको घर नक्साको फाईललाई मात्र घर नक्सा पास प्रक्रियामा अघि बढाईनेछ ।
२) सार्वजनिक जग्गा, कुलो जस्ता सार्वजनिक सम्पती माथि निर्माण गरिएका भवनहरुको नक्सा पास कार्यपालिकाको निर्णय बमोजिम हुनेछ ।
३) अगामी वर्ष इलेक्टोनिक विल्डिंग पेमेन्ट सिस्टम लागु गरिनेछ ।
४) ठुलो क्षेत्रफल ओगटेको भवनहरुको नक्सापास गर्दा परामर्शदाताले अनिवार्य रुपमा अबमबकतचब िकगचखभथ मचबात पेश गर्नुपर्ने छ ।
५) अगामी वर्ष मायादेवी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण स्थानिय सडकहरुको सडक अधिकार क्षेत्र तोकिनछ ।
६) नयाँ निर्माण गरीने घर सँरचनाहरु र निर्माण भैसकेका सँरचनाहरुको नक्शा पास, नियमित तथा अभिलेखिकरण गर्दा बाटो भएको तर्फ साईट प्लानमा अनिवार्य रुपमा उक्त बाटोको राइट अफ वे र सेट ब्याक मापदण्ड अनुसार छोड्नुपर्ने ।
७) कुलो भएको खण्डमा कुलो तर्फ नक्शामा रहेको राज कुलोको चौडाई छाडी त्यसपछि मापदण्ड अनुसार अनिवार्य रुपमा सेट व्याक छोड्नुपर्ने ।
८) नक्शा पास, नियमित तथा अभिलेखिकरण गर्न ई.वि.पि.एस. को प्रयोग गरी अनलाईन प्रणाली लागु गर्ने र परामर्श दाताहरु लाई समेत अनिवार्य रुपमा अनलाईन मार्फत नक्शाको काम गर्ने व्यवस्था मिलाईने नीति लिईनेछ ।
९) विगतमा सरकारी तथा सार्वजनिक जग्गा, बाटो, कुलो अतिक्रमण गरी निर्माण भईसकेका घर सँरचनाहरुलाई सरकारी तथा सार्वजनिक जग्गा, बाटो, कुलोको भागमा पर्ने संरचनाको क्षेक्रफल कट्टा गरी बाँकी भागको क्षेक्रफलको नक्शा नियमित तथा अभिलेखिकरण गर्ने ।
१०) विगतमा नक्शामा नापी नक्शामा बाटो नरहेको तर फिल्डमा बाटो निर्माण गरी बनेका घर सँरचनाहरुको नक्शा नियमित तथा अभिलेखिकरण गर्दा सँरचनाको नक्शा बनाउने परामर्शदाताले नापी नक्शा अनुसार र फिल्ड नाप अनुसार दुवै किसिमको साईट प्लान बनाएर पेश गर्नुपर्ने र सम्बन्धित वडा कार्यालय बाट उक्त घर सँरचना सम्म पुग्ने गरी फिल्डमा बाटो रहेको भनि वडाले प्रमाणित गरेको सिफारीस पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने ।
११) ठुला संरचनाहरु जस्तै उद्योग, कलकारखाना, फ्याक्ट्री, अस्पताल, व्यापारिक प्रयोजनका भवनहरु र एउटै कित्तामा दुई वा दुई भन्दा बढि संरचनाहरु निर्माण भएको संरचनाहरुको नक्शा पास, नियमित तथा अभिलेखिकरण गर्दा परामर्श दाताले फिल्ड नक्शामा संरचनाहरुको स्थिती र निर्माण भएको सँरचनाको सहि स्थान देखिने गरी ऋबमबकतचब िक्गचखभथ च्भउयचत नक्सा सहित अनिवार्य रुपमा पेश गर्नुपर्ने ।
मायादेवी गाउँपालिका अन्तर्गतका सम्पुर्ण भौतिक संरचनाको हकमा नक्सा पास नगरी संरचना निमार्ण गर्न पाइने छैन । पुराना निमार्ण भई सकेका संरचनाका हकमा पनि चालु आ.व. भित्र नक्सा अभिलेखिकरण गराई प्रमाणित गराउनु पर्नेछ । यसरी निमार्ण भई सकेका भौतिक संरचनाका हकमा पौष मसान्त सम्म नक्सा पास गराएमा नक्सा पास दस्तुरमा १० प्रतिशत छुट दिइनेछ । साथै अस्थायी रुपमा निमार्ण गरिने भौतिक संरचनाको हकमा (माटो तथा खर, खपडाले छाएको घर, गोठ आदि) पनि गाउँ पालिकाबाट स्विकृत गराई अस्थायी भौतिक संरचना वापत रु. ५०) दस्तुर तिरी भौतिक संरचना निमार्णको अनुमति लिनु पर्नेछ । राष्ट्रिय भवन मापदण्ड पुर्ण रुपमा लागु गर्ने निति लिईनेछ ।

सुशासन प्रबद्र्धन तथा संस्थागत विकासतर्फ
 मायादेवी गाउँपालिका प्रविधी मैत्री गाउँपालिकाको रुपमा पहिचान गराउन डिजिटल गाउँपालिकाको रुपमा विकास गरिने निति लिईनेछ ।
 मायादेवी गाउँपालिकाको वित्तिय कारोवारलाई कम्प्युरीकृत गरी थप व्यवस्थित गरिनेछ । वडास्तरवाट संकलन हुने राजश्वलाई पारदर्शी एवं प्रभावकारी बनाउन गाउँपालिकाको केन्द्रिकृत प्रणालीमा आवद्ध गरी थप व्यवस्थित वनाइनेछ ।
 व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई विभिन्न किसिमको तालिमहरुको सञ्चालन गरि उच्च कोटीको प्रविधी अवलम्बन गर्ने निति लिईनेछ ।
 कालोबजारी नियन्त्रण गर्न व्यवसायी र टोल विकास संस्थाहरुलाई सहभागी बनाई अनुगमन संयन्त्र निर्माण गरिनेछ र आवश्यक मापदण्ड बनाई त्यस्तो कार्यलाई दण्डित गर्ने नीति लिइनेछ ।
 व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाको प्रभावकारिता कायम गर्न विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गरिने निति ल्याईने छ ।
 सुशासन पारदर्शिता र जवाफदेहितामा अभिवृद्धि गराउन गाउँपालिकाले लिएको समग्र नीति र संचालित कार्यक्रम आयोजनाले पारेको सामाजिक प्रभावको लेखाजोखा गर्ने गरी सामाजिक परीक्षण र सवै आयोजना कार्यक्रमहरुमा सार्वजनिक परीक्षण र वडाक्षेत्रगत रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिनेछ ।
 आन्तरिक लेखा परीक्षण पद्धतिलाई प्रभावकारी वनाइने छ । वेरुजू हुन नदिने र फछ्र्यौटलाई व्यवस्थित गरिनेछ । कार्यालयका सवारी साधन र अफिस उपकरणको मितव्ययी ढंगवाट परिचालन गरिनेछ ।
 मायादेवी गाउँपालिकाको सेवा प्रवाह, जानकारी, सन्देश र अनुरोध गाउँवासीहरुलाई मोवाइल एप्स मार्फत् हात हातमा उपलव्ध गराउने र गाउँवासीहरुको सुझाव सल्लाह ग्रहण गरी नागरिकको अभिमतलाई सम्मान गर्न मोवाइल एप्सको शुरुवात गरि प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । मोवाइल एप्स प्रयोग संवन्धि जानकारीका लागि सवै वडा कार्यालयहरुमा डिजिटल जानकारी वोर्ड राख्ने व्यवस्था मिलाइनेछ । मायादेवी गाउँपालिकाको आधिकारिक वेभसाइटको नियमित अपडेट गरी नागरिकलाई प्रवाह गर्ने सेवालाई सूचना प्रविधिमा आधारित वनाउन अभिप्रेरित गरिनेछ ।
 गाउँपालिका कार्यालयमा आन्तरिक सञ्चार सुदृढ गर्न इन्टरकम टेलिफोन प्रणालीलाई जडान गरिनेछ । गाउँपालिकाको कार्य प्रणालीलाई सुरक्षित पारदर्शि र थप व्यवस्थित वनाउन वडा कार्यालयहरुमा समेत क्रमश डिजिटल प्रविधि जडान गरिनेछ ।
 सूचनामा पहुंच वृद्धि गर्न गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई सूचना प्रविधिसंग संवन्धित तालिम अभिमुखीकरण सञ्चालन गरिनेछ । गाउँपालिकाको सूचना केन्द्रलाई थप व्यवस्थित र सुदृढ बनाइने छ । गाउँपालिकाको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै योजना तर्जुमा राजश्व परिचालन र योजना कार्यान्वयनमा ल्याईनेछ ।
 गाउँपालिकाको संस्थागत विकास, तथा सुशासन, जवाफदेहिता तथा पारदर्शिता कायम गर्न आवश्यकतानुसार गाउँपालिकाको ऐन, नियमहरु, कार्यविधीहरु, निर्देशिकाशरु तर्जुमा तथा संसोधन गरी कार्यान्वयनमा ल्याइनेछ । सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग वढाउदैं कार्यालयको रुपमा विकास गर्दै लगिनेछ । गाउँपालिकावाट जनप्रतिनिधि र कर्मचारीलाई गरिने पत्राचारलाई निरुत्साहित गरी एस.एम.एस. प्रणालीलाई प्रभावकारी बनाईनेछ ।
 सेवाग्राही नागरिकहरुको गुनासो व्यवस्थापन गर्न हरेक वडामा एक जना गुनासो सुन्ने प्रतिनिधिको व्यवस्था मिलाइनेछ । साथै गाउँकार्यपालिकामा समेत गुनासो व्यवस्थापनलाई थप व्यवस्थित वनाइनेछ ।
 कोभिड–१९ को महामारीमा अहोरात्र खटिनुहुने सम्पुर्ण स्वास्थ्यकर्मी हरु प्रति उच्च सम्मान प्रकट गर्दै आगामि दिनमा समेत सेवा क्षेत्रमा खरोरुपमा खट्नुहुनेछ भन्ने अपेक्षा राख्दै आफ्नो ज्यु ज्यानको समेत प्रवाह नगरि अरुलाइ बचाउन लागि पर्नुहुने मायादेवी गाउपालिकामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाइराख्न जोखिम को अवस्थामा प्रोत्साहन स्वरुप जोखिम भत्ताको व्यवस्था मिलाईनेछ ।
 मायादेवी गाउँपालिकाको सेवा प्रवाहको कार्यचाप मध्यनजर गर्दै अतिरिक्त समयमा समेत सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाई राख्न रास्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप प्रोत्साहन भत्ताको व्यवस्था मिलाईनेछ ।
 गाउँपालिका क्षेत्र भित्र शान्ति सु–व्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तीको संरक्षण तथा रेखदेख गर्न, कुनै पनि किसिमका सम्प्रदायिक घटनालाई निरुत्साहित गर्न, चोरी निकासी तथा अवैध कालो बजारी नियन्त्रण गर्न र आम गाउँवासीहरुको स्वतन्त्रताको हकको सुनिस्चित गर्न नगर प्रहरीको व्यवस्था गरिनेछ ।
 क्षतिपूर्ति सहितको नागरिक वडापत्रको प्रभावकारिता वृद्धि गर्न श्रव्य दृश्य प्रविधिमा आधारित नागरिक वडापत्र तयार गरिनेछ । नागरिक वडापत्रलाई सबै तह, तप्का तथा वर्गको पहुचमा पुर्याउने तर्फ आवश्यक कार्य गरिनेछ ।
 जनप्रतिनिधि तथा कर्मचारीहरुको आचार संहितको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ। स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार गर्दै प्रक्रिया सरलीकृत गर्ने र सेवामा सर्वसाधारण जनताको पहुँच अभिवृद्धि गर्ने नीति लिइनेछ ।
 प्रचलित कानून बमोजिम वडा कार्यालयबाट सम्पादन गरिने सबै किसिमका सेवाहरुलाई विकेन्द्रीकरण सेवा सञ्चालन गर्ने र विकेन्द्रीकरण सेवा सञ्चालनको नीतिलाई प्रभावकारी र व्यवहारिक बनाइने छ ।
 आफ्ना काम कारवाही, निर्णयहरुको नियमित प्रकाशन गरी सुसूचित गर्ने नीति लिइनेछ । यस मायादेवी गाउँपालिकालाई भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई निरन्तरता दिइनेछ ।
 “मायादेवी गाउँपालिका, न्याय सक्षम गाउँपालिका” नारालाई पूर्ण रुपमा गाउँवासीलाई न्यायीक अनुभूती दिलाउन न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरु मेलमिलापकर्ताहरुका लागि विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालनमा ल्याईनेछ ।