June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

आषाढ ३१ गतेसम्म ‘हुन्डाई नयाँ वर्ष २०७८ योजना’ विस्तार

हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँवर्ष योजना “यो नयाँँवर्ष २०७८, हुन्डाई चढौँ अघि बढौं” आषाढ ३१ गतेसम्म विस्तार गरिएको जनाइएको छ।

पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ वैशाख, २०७८ सम्म रहेको थियो। तर विश्वव्यापी रोग कोभिड १९, निषेधाज्ञाका कारण यो योजना स्थागित भएको थियो।

Advertisement

ग्राहक वर्गलाई मध्यनजर राखी यो योजना ८ आषाढदेखि ३१ आषाढ, २०७८ सम्म पुनः सुचारु गरिएको छ।

यो योजनाअन्तर्गत हुन्डाईको कुनैपनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ।

यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत रु. ७८,००० सम्मको अतिरिक्त छुट, रु. १५,००० बराबरको लोयल्टी बोनस, रु. १००,००० सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्नेछन्।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।