October 15, 2024, Tuesday
२०८१ आश्विन २९

नेपाल भित्रियो हुन्डाई प्यालिसेड

हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ।

प्यालिसेड ७ सिट र प्रिमियम एसयूभी हो। कम्पनी स्रोतका अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ। यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो।

Advertisement

नेपाली बजारमा प्यालिसेड २/२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना छ, जसले २०० पीएस पावर तथा १७५०-२७५०आरपिम टर्क उत्पादन गर्नेछ। यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।

नेपाली बजारमा यो एसयूभीको सुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिसी पजेरोर फोर्डको इन्डेभरसँग हुनेछ।