October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

कर्णाली सरकारले ल्यायो ३६ अर्ब ५४ करोडको बजेट

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ।

Advertisement

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलबार आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा प्रस्तुत गरेका हुन्।

Advertisement

कुल बजेटमध्ये पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ।

वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको मन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको बढाएर बजेट ल्याएको छ। चालु आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याइएको थियो।

कर्णाली सरकारले बजेटमा कोरोना भाइरसको रोकथाम तथा उपचार, खाद्य सुरक्षा, रोजगारी, कृषि, पर्यटन लगायतका क्षेत्र प्राथमिकता दिएको छ।