April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

वाग्मती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट

वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट प्रदेशसभामा पेश गरेको छ।

Advertisement

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षक लागि चालूतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार र पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजारको बजेट पेश गरेका हुन्।

Advertisement

वागमति प्रदेश सरकारले बजेटको अधिकांश हिस्सा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा केन्द्रीत गरेको छ।

मन्त्री ढुङ्गेलले प्रदेशका सबै जिल्ला अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार, रोग नियन्त्रण, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्ने तथा भेन्टिलेटर, एचडीयु र आइसियु कक्षको व्यवस्थापन गर्न बजेटले विशेष प्राथमिकता दिएको जानकारी दिए।

त्यसका लागि उनले २ अर्ब बजेट विनियोजन गरेका छन्। प्रदेशका तीन सय ६६ सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्थापन गर्ने तथा कृषिको उत्पादनको वृद्धि र पशुपालनमा लाग्न किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम अघि सारेका छन्। ‘एक विद्यालय एक नर्स कार्यक्रम का लागि २६ करोड विनियोजन गरिएको छ।

उनले प्रदेशका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना छनौट गरी परियोजना बैंकमार्फत भौतिक पूर्वाधार विकास निर्माण र प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न बजेटले प्राथमिकतामा दिएको आर्थिक मामिला मन्त्री ढुंगेलले बताए।

हेटौँडाबाट काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा सञ्चालनका लागि ३० वटा विद्युतीय बस खरिद गर्न बोलपत्र आह्वान भइसकेको र आगामी ६ महिनाभित्रै खरिद भई काठमाडौं आइपुग्ने बजेटमा उल्लेख छ।

त्यस्तै सरकारले सङ्घीय सरकारको समन्वय र सहकार्यमा भीमफेदी–कुलेखानी सु?ङ निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी आगामी ४ वर्षभित्रै निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्नेतर्फ बजेटले प्राथमिकता दिएको छ । जसका लागि सरकारले ७५ करोड विनियोजन गरेको छ।

त्यस्तै मुख्यमन्त्री जनता स्वाथ्य कार्यक्रमका लागि २२ करोड, खेलकुद पूर्वाधारका लागि २९ करोड ?पैयाँ विनियोजन गरिएको छ । बागमती प्रदेश पूर्ण उज्यालो कार्यक्रमका लागि २ अर्ब ४३ करोड, मुख्यमन्त्री प्रदेशिक सडकको लागि ३ अर्ब २५ करोड विनियोजन गरिएको ढुंगेलले जानकारी दिए।

प्रदेश सरकारले बजेटको स्रोतमध्ये कर तथा राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजश्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख उठाउने लक्ष्य निर्धारण गरेको छ।

संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजश्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ।