October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

नेपाल–भारत मैत्री संघद्वारा राहत वितरण

भैरहवा– सीमा क्षेत्रमा नेपाल–भारत मैत्री संघ बेलहिया उप–शाखा, रुपन्देहीले राहत वितरण गरेको छ । संघले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको जनाएको छ ।

कोभिड–१९ माहामारीको नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६० जना विपन्न तथा मजदुरहरुको परिवारलाई खाद्यान्न वितरण गरिएको संघले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवारलाई दैनिकी चलाउन समस्या परेको खवर थाहापाएपछि केही दिनलाई पुग्ने राहत सामाग्री वितरण गरिएको उप–शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिए ।

खाद्यान्न वितरण कार्यक्रममा मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमाल, मैत्री संघका धकधई उप–शाखाका अध्यक्ष बेचन कान्दु र उप–शाखाका सल्लाकार सुरेन्द्र क्षेत्रीको आतिथ्यता थियो ।

यस्तै, उप–शाखा बेलहियाका उपाध्यक्ष माधव शर्मा, कोषाध्यक्ष चण्द्रीकामणि त्रिपाठी, सल्लाहकारहरु दुर्गा क्षेत्री, पशुपती कान्दु, किशोर जोशी, सदस्यहरु एजाज वारिस, हरेराम कलवार, व्यवसायी राजेश जयसवाल लगायको उपस्थित थियो ।