स्वर्गीय पत्रकार चौधरीको परिवारलाई एकलाख सहयोग


बुटवल- दिवंगत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्रेस चौतारी नेपाल, रुपन्देही र तिलोत्तमा नगरपालिकाको सहकार्यमा स्वर्गीय चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
स्वर्गीय पत्रकार चौधरीको निवासमा पुुगेर प्रेस चौतारीको टोलीले सहयोग स्वरुप संगठनको तर्फबाट ५१ हजार र चौतारीको पहलमा तिलोत्तमा नगरपालिकाबाट प्राप्त ५० हजार गरी एक लाख एक हजार रुपैयाँ सहयोग उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।
तिलोत्तमा–५, मणिग्राम निवासी चौधरीको कोरोना भाइरस संक्रमणका कारण यही जेठ ५ गते बुटवलको कारोना विशेष अस्पतालमा मृत्यु भएको थियो । उनी लामो समय रुपन्देहीको पत्रकारितामा क्रियाशील थिए ।







प्रतिकृया दिनुहोस्