August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

४० माइक्रोनभन्दा साना प्लास्टिक प्रयोगमा रोक

भैरहवा– सरकारले आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा साना प्लास्टिकका सामग्री प्रयोग गर्न पूर्णत: रोक लगाउने भएको छ।

Advertisement

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा साना प्लास्टिकको प्रयोगमा पूर्णत: रोक लगाउने निर्णय सार्वजनिक गरेका हुन्।

Advertisement

४० माइक्रोनभन्दा साना प्लास्टिक उत्पादन गर्ने कारखानाका उपकरणहरु प्रतिस्थापन गर्दा लाग्ने शुल्क पूँजीगत अनुदान दिने निर्णय पनि सरकारले गरेको छ।

डिपार्टमेन्ट स्टोर तथा खाद्य सामग्री पसलहरुलाई सुती तथा अन्य सामग्रीका झोला प्रयोग गर्न पनि अर्थमन्त्रीले अनुरोध गरेका छन्।

अब साउन १ गतेदेखि तरकारी वा खाद्य सामग्री बोक्न प्रयोग गरिने साना झोला प्रयोग गर्न पाइने छैनन्।