March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ

भैरहवा- सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको छ।

Advertisement

अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै आगामी आर्थिक बर्षदेखि मासिक भत्ता ४ हजार पुर्‍याइएको जानकारी दिएका हुन्।

Advertisement

उनले सबै प्रकारका  सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको बताए।

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब रुपैयाँ छुट्याइएको जानकारी उनले दिए।