April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

जो कलाकारले गर्दैछन् आविष्कार केन्द्रलाई आर्थिक सहयोग

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका सदाबहार गायक रामकृष्ण ढकाल कोरोना भाइरस महामारी सुरु भएपछि उतै रोकिए।

Advertisement

नेपालमा महामारीले भयावह स्थिति सिर्जना गरिरहेको अवस्थामा उनले स्वास्थ्य उपचारमा भइरहेको असहज परिस्थिति कम गर्न आफ्नो नेतृत्वमा रकम सहयोग गरेका छन्। महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालयन बैंकको खातामा उनले १८ लाख रुपैयाँ नगद जम्मा गरेको फेसबुकमार्फत जानकारी गराएका थिए। उनले उक्त रकम अमेरिकामा नै जम्मा गरेको बताएका छन्।

Advertisement

यो सहयोग रकम पहिलो चरणको मात्र रहेको उनले उल्लेख गरेका छन्।

कोरोना भाइरस संक्रमणपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरुका लागि अक्सिजनको चरम अभाव भएको अवस्थामा आविष्कार केन्द्रले अक्सिजन प्लान्टको निर्माण गरिरहेको छ। पिपीईसँगै अन्य स्वास्थ्य सामाग्रीको जोहो गरिरहेको आविष्कार केन्द्रलाई नेपालका अरु कलाकारहरुले पनि सहयोग गरिरहेका छन्।

केही दिन अगाडि कलाकार नाजिर हुसेनले पनि आविष्कार केन्द्रलाई एक लाख रुपैँया नगद सहयोग गरेका थिए। यस्तै वरिष्ठ हास्य कलाकार राजाराम पौडेलले अक्सिजनको व्यवस्था गर्नको लागि राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोग गरेका हुन्।

महामारीकाे समयमा कलाकारहरु केही आफैँ विपदमा परेकाहरुकाहरुकाे उद्दारका लागि हिँडिरहेका छन्।