रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद
भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अवैध काठ बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ र सैनामैना नगरपालिका–५, बालापुरबाट अवैध काठ बरामद गरेको हो ।
सिद्धार्थनगर नगरपालिका–११ का रसुल मिया र कोटहीमाई गाउँपालिका–६ बस्ने जितेन्द्र यादवले लु ३ प ८६८४ नम्बरको ट्याक्टरमा सिशौं काठ ल्याई सिद्धार्थनगर ४ स्थित एअरपोर्ट नजिकै राखेको बेला प्रहरीले बरामद गरेको हो । उनीहरुले मर्चवारी गाउँपालिकास्थित पिप्रहवाबाट काठ चोरीपैठारी गरी ल्याएको प्रहरी आरोप छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले लु १ च ८२१३ नम्बरको बलेरो जिपमा अबैध सालका काठ पक्राउ गरेको हो । प्रहरीले जिप चालक सैनामैना नगरपालिका वडा नं. ५, वालापुरका बिष्णु थारु र दिनेश थारु समेतलाई नियन्त्रणमा लिएको छ ।
यहाँबाट ३३ पिस (३६.६१ क्यूफिट) काठ बरामद गरिएको हो । उक्त काठ आबश्यक कारवाहीका लागि चालक, बलेरो जिपसहित सैनामैना सव डिभिजन कार्यालय, मुर्गियामा बुझाइएको छ ।
यस्तै सिद्धार्थनगरबाट पनि बरामद ६३ गोलिया सिशौंको काठ आबश्यक कारवाहीका लागि पक्राउ परेका ब्यक्ति, ट्याक्टरसहित जिल्ला वन कार्यालय, रुपन्देहीमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
प्रतिकृया दिनुहोस्