April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

भीम अस्पताललाई ज्योति विकास बैंकको सहयोग

भैरहवा, जेठ ३ । ज्योति विकास बैंक भैरहवा शाखाले भीम अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

Advertisement

सोमबार बैंकका भैरहवा शाखा प्रमुख मनोज भण्डारीले अस्पतालका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) शकुन्तला गुप्तालाई बैंककोतर्फबाट ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

Advertisement

सहयोग हस्तान्तरण गर्दै शाखा प्रमुख भण्डारीले महामारीका बेला अस्पतालमा अक्सिजन अभाव भइरहेकाले विरामीको उपचारमा थप सहयोग मिलोस् भन्ने हेतुले सहयोग गरेको जनाए । उनले भने, ‘बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई हामीले सहयोग गरेका हौं, यसले अक्सिजन खरिद र बेडहरु थप्न थोरै भए पनि सहयोग पुग्ने छ भन्ने हाम्रो विश्वास छ ।’

सहयोग रकम बुझ्दै अस्पतालका अध्यक्ष भण्डारीले बढीभन्दा बढी जनशक्ति परिचालन गरेर र सबैको सहयोगको मद्दतमा विरामीको उपचारमा कुनै कमी आउन नदिने बताए । उनले बैंकको सहयोगलाई सही ठाउँमा प्रयोग गर्ने बताउँदै संक्रमितको उपचारमा सहयोग अपरिहार्य भएको बताए ।

भविष्यमा अस्पतालले बनाउने अक्सिजन प्लान्टको योजना सफल पार्न संघसंस्था र सामाजिक व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने उनले जनाए । आइतबार पनि अक्सिजन प्लान्ट बनाउने अस्पतालको योजनालाई सफल बनाउने भन्दै विभिन्न संघसंस्था र उद्योगी व्यवसायीले आर्थिक तथा स्वास्थ्य सामाग्री र अक्सिजन सिलिन्डर सहयोग गरेका थिए ।