December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

भैरहवा, वैशाख २९ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः डा.ईश्वर गौतम नियुक्त भएका छन् ।

Advertisement

मन्त्रीपरिषदको बुधबार बसेको बैठकले डा।गौतमलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बुटवल निवासी डा.गौतम यसअघि पनि प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । यस्तै, मन्त्रिपरिषद बैठकले योजना आयोगको सदस्यमा दाङका तेजबहादुर बस्नेतलाई पनि नियुक्त गरेको छ ।

बैठकले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । डा।मनिलाल श्रेष्ठ र जीवनारायण यादवलाई लुम्बिनी प्रदेश मातहतमा रहेका अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीका अनुसार श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र यादवलाई राप्ती प्रादेशिक अस्पताल दाङमा खटाउने बैठकले निर्णय गरेको छ ।

यस्तै, कोभिड कोष संचालनका लागि सदस्य सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रहने बैठकले निर्णय गरेको छ । उक्त कोषमा यसअघि सामाजिक मन्त्रालयका सचिव रहने व्यवस्था थियो ।