October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भैरहवामा ‘हाम्रो लन्च बक्स’ सञ्चालनमा, निःशुल्क होमडेलिभरीको व्यवस्था

Advertisement

भैरहवा– स्थानीयस्तरमा स्वच्छ, स्वस्थ, स्वादिलो तथा घरमै तयार गरिएको दिवा खाना र टिफिन सेवा उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६, बैंक कलोनीमा ‘हाम्रो लन्च बक्स’ सञ्चालनमा आएको छ ।

Advertisement

संस्थाका सल्लहकार पंकज यादवका अनुसार व्यस्त विद्यार्थी, कर्मचारी, व्यवसायी तथा कुनै पनि परिवारका सदस्यलाई सहज र भरपर्दो भोजन सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । घरमै तयार गरिएको स्वच्छ, पौष्टिक तथा स्वादिलो खाना ग्राहकसम्म पुर्याउने, विद्यार्थी, कर्मचारी तथा परिवारका लागि नियमित टिफिन–लन्च सेवा उपलब्ध गराउने र ग्राहकको आवश्यकता तथा रुचिअनुसार विभिन्न प्रकारका भोजन तथा टिफिन सेट तयार गर्ने संस्थाको मुख्य कार्य रहेको उनले बताए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भने, ‘स्वच्छता, गुणस्तर, समयपालन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै स्थानीय उत्पादन तथा स्थानीय जनशक्तिको प्रयोगलाई प्रोत्साहन गर्ने गरी हाम्रो लन्च संचालनमा ल्याइएको हो ।’ उनले भदौ १ गतेदेखि नै सेवा सुरु गरिएको बताउँदै अहिले दैनिक २ सयको हाराहारीमा खाना–खाजा विक्री गरिरहेको बताए ।

‘हाम्रो लन्च बक्स’का साझेदारहरूमा प्रमोद कुमार यादव, अमित कुमार कर्ण, आनन्द कर्ण र राजु पाण्डे छन् । संस्थाका प्रमुख सल्लाहकारमा पंकज यादव छन् । ‘हाम्रो लन्च बक्स’ले महिला सशक्तिकरण तथा रोजगारी सिर्जनालाई समेत महत्वपूर्ण उद्देश्यका रूपमा अघि सारेको छ । संस्थाले महिलाहरूलाई रोजगारी तथा उद्यमशीलताको अवसर प्रदान गर्ने जनाएको छ ।

महिलाहरूको कुकिङमा रहेको कला र दक्षतालाई प्रोत्साहन गर्दै अगाडि बढ्ने उद्देश्य लिइएको संस्थाले जनाएको छ । खाना तयारी, प्याकिङ, गुणस्तर व्यवस्थापन, ग्राहक सेवा तथा अन्य आवश्यक कार्यमा महिलाहरूको सहभागिता बढाउँदै उनीहरूको सीप, आत्मनिर्भरता र आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य राखिएको उनले बताए ।

‘यसबाट स्थानीयस्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने तथा आगामी दिनमा समेत सोही निरन्तरता दिइने छ’, उनले भने । ‘हाम्रो लन्च बक्स’ले ग्राहकलाई घरको जस्तै स्वाद, स्वच्छता र गुणस्तरयुक्त खाना उपलब्ध गराउने, स्वस्थ तथा सन्तुलित भोजनको संस्कारलाई प्रोत्साहन गर्ने र समयमै भरपर्दो टिफिन तथा लन्च सेवा प्रदान गर्ने उद्देश्य लिएको छ ।

त्यस्तै, महिला तथा स्थानीय जनशक्तिलाई रोजगारी र उद्यमशीलताको अवसर प्रदान गर्ने, स्थानीय बजारमा गुणस्तरीय तथा विश्वसनीय भोजन सेवाको पहिचान स्थापित गर्ने तथा ग्राहकको विश्वास र सन्तुष्टिलाई केन्द्रमा राखी दीर्घकालीन व्यवसाय निर्माण गर्ने संस्थाको लक्ष्य राखेको छ । हाललाई १५ जना रोजगाररत उक्त संस्थाले भैरहवाभरी निःशुल्क होमलेडिभरी गर्दै आएको छ । न्युनतम शुल्कमा गुणस्तरी खानेकुरा उपलब्ध गराएकै कारण छोटो समयमै धेरैको मन जित्न सफल भएको उनले बताए ।