June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

उद्योग व्यापार संघ बुटवलको दश बर्षसम्मका कार्ययोजना पारित

Advertisement

भैरहवा–उद्योग व्यापार संघ बुटवलले आगामी दुई वर्षदेखि दश वर्षसम्म गर्न सकिने योजनाहरु छनोट गरी पारित गरेको छ ।

Advertisement

चितवनको सौराहामा सम्पन्न संघको वार्षिक कार्ययोजना कार्यशालाले सदस्यता विस्तार, २०८३ पुसमा पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको आयोजना, संस्थागत सुदृढीकरण, उद्योगी व्यावसायीहरुको क्षमता विकास, अवलोकन भ्रमण, नीति संवाद, १५ वटा वस्तुगत समिति गठन, आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने लगायत योजना पारित गरेको हो ।

कार्यशालाले आगामी एक वर्षभित्र १ हजार जना नयां सदस्य बनाउने, लाई आजिवन सदस्यता बिस्तारमा १ सयजना थप गर्ने, मानार्थ सदस्यमा २० जना थप गर्ने र निष्क्रिय तथा पुराना सदस्यलाई सक्रिय बनाउन बिशेष अभियान पनि सञ्चालन गर्ने योजना पनि पारित गरेको छ ।

संघको भवन निर्माण, नयाँ प्रविधि तथा व्यवस्थापन अध्ययन, औद्योगिक÷व्यावसायिक सिप बिकास सम्वन्धी तालिम, राजनैतिक दल र सरकारी गैरसरकारी निकायहरुसँग भेटघाट तथा समन्वय गर्ने योजना पनि संघले अघि सारेको छ ।

भन्सार सम्वन्धि प्रशिक्षण तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रयोग प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया गर्ने योजना पारित भएका छन् । व्यवसाय मैत्री हेल्थ डेक्सको सुरुवात गर्ने, धरासायी तथा समस्याग्रस्त व्यवसायीको परिवारलाई सहयोग, बृक्षारोपण तथा संरक्षण, रक्तदान, प्राकृतिक दैवी प्रकोपबाट प्रभावितहरुलाई सहयोग, साँस्कृतिक सम्पदा संरक्षण, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने योजना पनि पारित भएको संघका महासचिव विजय आचार्यले जानकारी दिए ।