June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

रूपन्देही व्यापार संघको कार्यशालाद्वारा कविलाश घोषणापत्र जारी

Advertisement

बुटवल– रुपन्देही व्यापार संघले आगामी २ वर्षका लागि सम्पन्न गर्ने योजना तर्जुका लागि ३ दिवसीय कार्ययोजना कार्यशाला गोष्ठी पुष ४, ५ र ६ गते चितवनमा आयोजना गरेको छ । गोष्ठीले व्यापार व्यवसायलाई अझ मर्यादित, उपभोक्तामैत्री, व्यवस्थित बनाउँदै संस्थालाई नविनतम प्रविधि र वजार प्रर्वद्धनमा प्रविधि मैत्री प्रत्येक सदस्यहरुको वकालत गर्ने साझा संस्था बनाउन जोड दिएको छ ।

Advertisement

कार्यशाला गोष्ठीले संघले स्थापनाकालमा तय गरेको स्वलोगन नारा परिर्वतन गरेको छ । वदलिएको समयमा त्यसलाई परिमार्जजन गर्नु पर्ने सुझाव आएपछि नयाँ नाराका रुपमा स्वरोजगार आत्मनिर्भरताको आधार, सुदृढ अर्थतन्त्र पर्यटन र व्यापार तय गरेको महासचिव प्रकाश पौडेलले जनाए ।

कार्यशालामा संघको विगतको कार्य सम्पादनको समिक्षा तथा आगामी २ वर्षमा गर्ने कार्यहरुको योजनाबद्ध कार्यक्रमसहितको कार्यतालिका निमार्ण गरेको संघका अध्यक्ष प्रकाश ढकालले बताए । चितवनको कविलाश रिसोर्टमा आयोजित कार्यशालाले संघको मिसन, भिजन र लक्ष्यको समिक्षा गर्दै त्यसलाई समायनुकुल सुधार गर्दै अगाडि बढ्ने तथा संघको संस्थागत विकासमा अपनाउनु पर्ने प्रविधिमैत्री कार्ययोजनालाई प्राथमिकतामा राखेको अध्यक्ष ढकालले बताए ।

संघको ३ दिवसीय कार्यशालाले व्यवसायीहरुको हकहित संरक्षण गर्दै समग्र आर्थिक विकासका लागि आफ्ना गतिविधिहरु अगाडि बढाउने प्रतिवद्धता जनाउँदै ११ बुँदे कविलाश घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । संघले घोषणापत्रमा आर्थिक विकासमा व्यवसायी वर्गको महत्वपूर्ण भूमिका र योगदान रहने हुँदा सो वर्गलाई संगठित गरि उनीहरुको व्यवसायीक सीप विकास र व्यवसायिक अधिकारको संरक्षण र राष्ट्रिय अर्थतन्त्रको जग वलियो बनाउन प्रतिवद्धता व्यक्त गरेको छ ।

यसैगरि व्यवसाय विस्तार तथा पेशागत सुरक्षा र व्यवसाय प्रवद्र्धनका लागि संघले दरिलो पैरवी गर्दे सामाजिक उत्तरदायित्व वहन गर्नै लक्ष्यलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता पनि जनाइएको छ । संघलाई सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्दै नेटवर्क विस्तारमा जोड दिइएको छ ।

गोष्ठीले रुपन्देही र यसका आसपासका क्षेत्र अर्थतन्त्रको पकेट क्षेत्रको रुपमा योजनाबद्ध कार्यक्रम र लगानी बढाउन सरकारसंग आग्रह गरेको छ । त्यसका लागि व्यापार संघ केन्द्र, प्रदेश र स्थानिय सरकारसंग सहकार्य एव साझेदारी गर्न प्रतिवद्धता व्यक्त गरिएको छ ।

गोष्ठिले तीनै तहका सरकारसंग मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउने दिशामा काम गर्न आग्रह गरेको कुरा घोषणा पत्रमा उल्लेख छ । यसअघि कार्यशाला गोष्ठिको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संस्थालाई यसको स्थापनाका अवसरमा व्यक्त गरिएको भावना र लक्ष्यसंग एक गरेर अगाडि बढाउन आग्रह गरे ।