June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा कफी बरामद

Advertisement

भैरहवा–पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँ भन्दा धेरै मुल्यको कफीको दाना बरामद गरेको छ ।

Advertisement

सरावल गाउँपालिका–७ गणेशपुरस्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट ३४ वटा बोरामा राखेर नेपाल ल्याउँदै गर्दा मंगलबार बिहान साढे ४ बजेतिर २ हजार ४० किलो कफीको दाना बरामद गरेको हो ।

उक्त परिमाणको कफीको दाना बाक्लो कुहिरो लागेर धेरै टाढा देख्न कठिन हुने मौसम पारेर मङ्गलबार बिहान ४ बजेतिर ट्याक्टरमा लोड गरेर अवैध रुपमा ल्याउँदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
सशस्त्र प्रहरी बल, २६ नम्बर गण हेडक्वाटर नवलपरासीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द केसीले प्रत्येक बोरामा ६० किलोका दरले ३४ वटा बोरामा कफीको दाना रहेको जनाए ।

उनका अनुसार, बरामदको भएको कफीको मूल्य २० लाख ४० हजार रुपैयाँ रहेको छ । भने, ढुवानीमा प्रयोग भएको ट्याक्टरको मूल्य ८ लाख रुपैयाँ कायम गरीएको छ । कफी र ट्याक्टर महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।