May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

तीन नेपाली चलचित्र आजदेखि हलमा

फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । शिवरात्रिको अवसर पारेर एकैदिन तीनवटा नेपाली सिनेमा रिलिज भएका हुन् । 

Advertisement

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’, नवल खड्का निर्देशिक ‘काँडेतार’ र अर्जुन सुवेदी निर्देशित ‘रङ्गेली’ प्रदर्शनमा आएका हुन् । 

Advertisement

‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाललगायत कलाकार मुख्य भूमिकामा छन् । ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अर्पण थापा, प्रवीण खतिवडा मुख्य भूमिकामा छन् । 

‘काँडेतार’मा नवल खड्का, गौरव पहारी, सुरबिना कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् । एकै दिन तीनवटा नेपाली सिनेमा रिलिज हुँदा हलमा शो बाँडिएको छ ।