May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बलिउड सिनेमा ‘सलार’को मेनुकालाई गीत गाउने मौका

‘इन्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउड सिनेमा ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने मौका पाएको जानकारी दिइएको हो । 

Advertisement

‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक सिङगिङ हो । 

Advertisement

यो जानकारी गराएपछि मेनुकाको सम्मानमा इन्डियन आइडलको स्टेजमा निर्णायकले उठेर सम्मान गरेका थिए । 

मेनुकालाई सोही स्टेजमा चलचित्रमा अभिनयका लागि पनि प्रस्ताव आइसकेको छ । 

यसअघी अभिनेता रणवीर कपुरले मेनुकालाई संगीतकी देवी भन्दै पाउ छोएर आर्शीवाद लिएका थिए ।