चैत ९ मा चलचित्र ‘महाजात्रा’ रिलिज हुने


चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माण पक्षले सिनेमाको रिलिज डेट घोषणा गरेको हो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहने छन् । विपीनसँगै रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको अभिनय रहने छ ।
कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्रमा दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेल निर्माता रहनेछन् ।
‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि निर्माण पक्षले ‘महाजात्रा’ निर्माण गर्न लागेको हो ।








प्रतिकृया दिनुहोस्