April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

आजबाट हलमा साढे नौ करोडको ‘डाकिनी’

फ्राइडे रिलिज अन्तर्गत साढे नौ करोड रुपैयाँ लागतमा बनेको चलचित्र ‘डाकिनी’ आजबाट रिलिज भएको छ । चीनमा क्राउड फण्डिङबाट चलचित्रको लगानी जुटाइएको थियो । 

Advertisement

चलचित्रको मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । नेपाली कलाकारमा कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायत छन् ।  

Advertisement

४६ दिन खिचिएको सिनेमा ‘डाकिनी’ सिनेमेटोग्राफर मार्क लि पिङ बिङले खिचेका हुन् । उनले मात्रै तीन करोड रुपैयाँ पारिश्रमिक लगेका लगेका थिए । कलरिष्टले प्रतिदिन पाँच हजार डलरका दरले सात दिनमा ३५ हजार डलर लिएका थिए । 

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो सिनेमालाई खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेका छन् । उनी बौद्ध धर्मका गुरु हुन् ।
 
चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । चलचित्र पाटन र पनौतीमा खिचिएको छ ।