March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

शाहरुखको ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन मा

शाहरुख खानको फिल्म पठानलाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद् र बजरंग दलले फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना भएमा थिएटर मालिक जिम्मेवार हुने चेतावनी दिएका छन् ।

Advertisement

उनीहरू भन्छन्, ‘फिल्मको गीतलाई अश्लीलतासँग केसर जोडेर ‘बेशराम रंग’ नाम दिइएको छ । यो गीतले बलिउडको विकृत हिन्दू विरोधी मानसिकता देखाएको छ । हामी यी दृश्यहरू सहितको फिल्म गुजरातमा रिलिज हुन दिँदैनौं।’

Advertisement

पठानको गीत ‘बेशरम रंग’मा दीपिका पादुकोणले भगवा रंगको बिकिनी लगाएकी छिन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भगवा रङ हिन्दू धर्मको प्रतीक भएको भन्दै दीपिकाले यही रङ लगाएर ‘बेशरम रंग’को गीतमा नाच्दै गरेको निकै आपत्तिजनक रहेको बताएका छन् ।

यता पठान विवादका बीच शाहरुख खानले मौनता तोडेका छन् । फिल्मको विवादका बीच उनले पहिलो पटक सार्वजनिक बयान दिएका हुन् । बिहीबार कोलकाता इन्टरनेशनल फिल्म फेस्टिभलमा शाहरुखले इशारेमा भने, ‘संसारले जे चाहन्छ त्यो गरून् । म र तपाईं सबै सकारात्मक व्यक्तिहरू … सबै जीवित छौँ।