नेपालमा छायांकन भएकाे चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा


नेपालमा छायाङ्कन भएकाे भारतीय चलचित्र ‘उचाइ’ शुक्रबारदेखि प्रदर्शनमा आएकाे छ। चलचित्रले विश्वभरि ८३४ स्क्रिन पाउँदा भारतमा ४८३ र नेपालमा ७० स्क्रिन पाएकाे छ।
नेपालकै पात्रलाई मूलकथा बनाइएको चलचित्र छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरेका थिए।
चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा नीता गुप्ता, सारिका हसनजस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ।
बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन्।
नेपालमा स्वयम्भू, काठमाडौँ विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा झन्डै एक महिना छायाङ्कन भएको थियो।
प्रतिकृया दिनुहोस्