कति कलेक्सन गर्यो ‘के घर के डेरा’ले ?


नेपाली कथानक चलचित्र ‘के घर के डेरा’ले लगानी सुरक्षित गरेको छ । एक हप्ताको कलेक्सनले चलचित्रको लगानी सुरक्षित भएको हो ।
“नेपालभित्रकै एक हप्ताको बक्सअफिस कलेक्सनले चलचित्रको लगानी सुरक्षित भइसकेको छ,” निर्देशक दीपेन्द्र के खनालले भने, “फरेन राइट्स र डिजिटल राइट्सको हिसाब गर्ने हो भने निर्माण पक्ष नाफामा गइसकेको छ ।”
उनका अनुसार हालसम्म यो चलचित्रले तीन करोड ६३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो हिजो (बिहीबार)सम्मको कलेक्सन रिपोर्ट हो । गत शुक्रबारबाट यो चलचित्र प्रदर्शनमा आएको थियो ।
“आज बिहान केही कम शो भए पनि दिउँसोबाट मल्टिप्लेक्सहरूले पुनः शो थप गरेका छन्,” दीपेन्द्र भन्छन्, “अझै पनि दर्शकको राम्रो अकुपेन्सी छ । अरु चलचित्र आउँदा त्यसको प्रभाव देखिने हो कि भन्ने थियो । तर, दिउँसोबाट पुनः शो थपिएका छन् ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउतलगायत कलाकार मुख्य भूमिकामा छन् ।
प्रतिकृया दिनुहोस्