September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

‘राधा’ हलबाट बाहिरियो

प्रदर्शनरत चलचित्र ‘राधा’ले हलबाट बाहिरिने घोषणा गरेको छ । सो बाँडफाँटमा विभेद भएको भन्दै ‘राधा’ले हलबाट बाहिरिने घोषणा गरेको हो । 

Advertisement

दर्शकको साथ र राम्रो समीक्षा पाउँदा पाउँदै पनि प्रदर्शकले उपयुक्त संख्या र समयमा सो उपलब्ध नगराएका कारण प्रदर्शन रोक्न आफूहरू वाद्य हुनु परेको ‘राधा’का निर्देशक सुवर्ण थापाले जानकारी दिए । 

“तिजमा पनि नदिइएको सो कहिले उपलब्ध गराइन्छ ?,” निर्देशक थापाले प्रश्न गरे, “हामीले कम्तीमा यो विदामा सो पाउँछौं भन्ने थियो । तर, नदिएपछि हामीले हाम्रो चलचित्र प्रदर्शन नगर्ने निर्णयमा पुगेका हौँ ।” तिजका दिनमा नेपालभर जम्मा १५ सो दिइएको भन्दै उनले असन्तुष्टि जनाए ।

हलहरूको विभेदविरुद्ध आवाज उठाउन आगामी दिनमा सहज होस् भनेर पनि आफूले यस्तो निर्णय लिएको उनको भनाइ छ । ‘प्रकाश’ले पनि जवरजस्ती सो लिनु परेको भन्दै निर्देशक थापाले भने, “अब हामी अर्कै तरिकाले सिनेमा देखाउँछौं । नहेरिएको सिनेमा नयाँ नै हुन्छ । हामी कतै च्यारिटी सो देखाउँछौं, कतै अन्य उपाय लगाएर देखाउँछौं । तर, भोलिबाट हामी हाम्रो चलचित्र हलमा प्रदर्शन गर्दैनौं ।” 

सुवर्ण थापाले निर्देशन गरेको चलचित्रमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।