July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

अनु मलिक इण्डियन आइडलबाट अलग हुने

संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन्। उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन्।

Advertisement

अनुले यो कुराको आफैँ पुष्टि गरेका हुन्।

Advertisement

‘म लामो समयदेखि इण्डिया आइडलसँग जोडिएको छु। अब म योभन्दा अगाडि बढ्न चाहन्छु। पहिलोपटक सा रे गा मा पाको निर्णायक हुन पाउँदा खुसी छु। अब म युवा गायक गायिकालाई जज गर्न केन्द्रित हुनेछु’, अनुले भनेका छन्।

इण्डियन आइडलमा रहँदा अनु ‘मीटू’ विवादमा मुछिएपछि उनले यो शो छोडेका थिए। तर सन् २०२१ मा विशाल ददलानीले शोबाट ब्रेक लिएपछि उनको स्थानमा पुनः मलिक गएका थिए।

‘मिटु’ विवादमा जोडिएपछि यो विषयमा उनलाई सञ्चारमाध्यमले प्रश्न गर्दा उनले बोल्न अस्वीकार गरेका थिए।