February 8, 2025, Saturday
२०८१ माघ २७

प्याडमा भगवान कृष्णको तस्बिर राखेपछि ‘मासूम सवाल’ विवादमा

महिनावारीबारे बनेको चलचित्रको पोस्टरमा कलाकारको साथमा भगवान कृष्णको तस्बिर राखेपछि चलचित्र ‘मासूम सवाल’ विवादमा तानिएको छ । पोस्टरले धार्मिक भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । 

चलचित्रका निर्देशक सन्तोष उपाध्यायले भने प्याडमा भगवान कृष्णको तस्बिर नरहेको बताएका छन् । साथै उनले आफूहरूको उद्देश्य धार्मिक भावनामा ठेस पुर्‍याउन नरहेको पनि बताएका छन् ।

Advertisement

“यो पूरै चलचित्र महिलाहरूको महिनावारीमा आधारित छ, त्यसैले स्यानिटरी प्याड देखाउन आवश्यक छ । प्याडमा कृष्ण छैनन् । हामीलाई चलचित्रको प्रमोसनका लागि समर्थन पनि पाइरहेको छैनौँ,” निर्देशक उपाध्यायले भने । 

‘मासूम सवाल’मा नितांशी गोयल, एकावली खन्ना, शिशिर शर्मा, मधु सचदेव, रोहित तिवारी, वृंदा त्रिवेदी, लगायतको मुख्य भूमिका रहेको छ । चलचित्र यही अगस्ट ५ मा रिलिज हुँदैछ ।

त्यस्तै वकिलको भूमिका निभाएका कलाकार एकावली खन्ना भन्छिन्, “पहिलो कुरा मलाई विवादबारे खासै जानकारी छैन । यदि यसो हो भनेपनि कसैको भावनामा ठेस पुर्‍याउने मनोशाय निर्माण टिमको छैन । चलचित्रको उद्देश्य भनेको समाजमा भएको नकारात्मक सोचलाई तोड्ने मात्रै हो । आजको पिँढीमा महिलामाथि जबरजस्ती लगाइने अन्धविश्वासको कुनै स्थान नै छैन ।”

नवभारत टाइम्सबाट ।