‘पुतलीको घर’बाट फर्किँदै गुरुकुल


करिब एक दशकपछि फेरि सुरु हुन लागेको ‘गुरुकुल’को पहिलो नाटकको रूपमा ‘पुतलीको घर’ मञ्चन हुने भएको छ ।
हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’को नेपाली अनुवाद तथा निर्देशन सुनिल पोखरेल आफैँले गरेका हुन् ।
यतिबेला मुख्य पात्र निशा शर्मासहितको टिम रिहर्सलमा जुटेको छ । पुनः गुरुकुलमै नाटक मञ्चन गर्न पाउँदा आफूहरू उत्साहित बनेको निशा बताउँछिन् ।
नाटकमा पुरानै कलाकार टिम जोडिएका छन् । जसमा स्वयम् निशालगायत कमल मणि नेपाल, शेखर चापागाईं, राजकुमार पुडासैनी र अन्जु देउजा रहेका छन् । नाटकको सुरुको चारदिन भने नेपालको पात्र सुनिल पोखरेलले निभाउँदै छन् ।
गुरुकुलभित्रै र राष्ट्रिय नाचघर गायत नेपाल र विदेशगरी यो नाटक अहिलेसम्म २१६औँ पटक मञ्चन भइसकेको छ ।
नाटक माघ १ गतेदेखि २२ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ४ः३० बजे र शनिबार दिउँसो १ बजेपनि मञ्चन हुँदेछ । गुरुकुलले एक वर्षका लागि कुञ्ज नाटकघरसँग एउटा हल अनि अर्को एउटा कोठाको लागि सम्भौता गरिसकेको छ । त्यसकारण गुरुकुलको अब हरेक नाटक कुञ्ज नाटकघरमा मञ्चन हुने छ ।








प्रतिकृया दिनुहोस्