May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

गायक राजु परियार गृह जिल्लामा सम्मानित

नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक लोक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ। परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो।

Advertisement

लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए।

Advertisement

परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर समाजका संयोजक थापाले सम्मान गरेका हुन्।

गायक राजु परियारसँगै उपकुलपति गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभाग प्रमुख डा. बमबहादुर अधिकारी र गाउँशहरका ज्येष्ठ नागरिक १ सय ४ वर्षीय रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्व एआइजी एवं लमजुङ गाउँशहर समाजका सदस्य रोहित थापाले बताए।