March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

५ अभिनेत्री, जसको डेब्यु फिल्मकै अभिनेतासँग बस्यो प्रेम

मुम्बई । बलिउडमा अक्सर कलाकारको नाम एक अर्कोसँग जोडिन्छ । हरेक दिन कुनै न कुनै कलाकारको सम्बन्ध मिडियामा चर्चाको विषय बन्ने गरेको छ । प्राय:को सम्बन्ध फिल्मको सेटमा सुरु हुन्छन् । धेरै यस्तो पनि देखिएको छ, जो डेब्यु फिल्ममै सह–कलाकारको प्रेममा पर्ने गर्दछन् । ती ५ अभिनेत्री, जसले पहिलो फिल्मै अभिनेतासँग गरे प्रेम ।

Advertisement

जाह्नवी कपुर :

Advertisement

फिल्म ‘धडक’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री जाह्नवी कपुरको नाम यसै फिल्मका अभिनेता इशान खट्टरसँग जोडिएको थियो । फिल्मपछि उनीहरूको अफेयरको खबर निकै भाइरल भएको थियो । तर दुवैको सम्बन्ध लामो समय टिक्न सकेन ।

श्रद्धा कपुर : 

पछिल्लो समयकी हिट अभिनेत्री श्रद्धा कपुरले फिल्ममा डेब्यु सुपरहिट फिल्म ‘आशिकी २’ बाट गरेकी हुन् । फिल्म अभिनयपछि अभिनेत्रीको नाम यसै फिल्मका अभिनेता आदित्य रोय कपुरसँग जोडिएको थियो । तर पछि सम्बन्ध हल्ला मात्र हो भनिएको थियो ।

सारा अली खान :

अभिनेता सैफ अली खानकी छोरी सारा अली खानले स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतसँग फिल्म केदारनाथबाट बलिउड डेब्यु गरेकी हुन् । त्यो समय सुशान्त र साराको अफेयरले निकै चर्चा पाएको थियो ।

ऐश्वर्या राई बच्चन :

ऐश्वर्याको नाम अभिनय सुरुवातको समय सलमान खानसँग जोडिएको थियो । यी दुवैको मित्रता एक फिल्म सुटिङको क्रममा भएको थियो, त्यसपछि मित्रता प्रेममा पनि परिणत भयो । तर, उनीहरूको सम्बन्ध सफल हुन सकेन ।

आलिया भट्ट :

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड डेब्यु गरेकी हुन् अभिनेत्री आलिया भट्ट । फिल्ममा वरुण धवनको जोडीको रूपमा देखिएकी उनको नाम वरुणसँग जोडिएको थियो । पछि वरुणको जीवनमा नताशा भित्रिएको कारण आलिया र वरुणको सम्बन्ध अगाडि बढ्न सकेन ।