April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

शुक्रबार अंग्रेजी चलचित्र ‘डुन’ रिलिज हुने

फ्राइडे रिलिजमा यो शुक्रबार अंग्रेजी चलचित्र ‘डुन’ रिलिज हुने भएको छ । साइन्स फिक्सन यो चलचित्रलाई डेनिस भेल्लिन्युभको निर्देशन गरेका छन् । 

छायांकन पक्ष अब्बल रहेको चलचित्रमा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओलगायत कलाकारको अभिनय छ । 

नेपालमा टि फोक फिल्मसले वितरण गर्न लागेको यो चलचित्र भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको छ । अमेरिकामा यो चलचित्रले राम्रो व्यापार गरिरहेको छ । अमेरिकामा समीक्षक र दर्शक दुबैले रुचाएको यो चलचित्रले  नेपालमा पनि राम्रो ब्यापार गर्ने अपेक्षा वितरकको छ ।

Advertisement