April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

वियोगीको नियात्रासंग्रह ‘शनैः शनैः यात्रामा’ सार्वजनिक

साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह ‘शनैः शनैः यात्रामा’ सार्वजनिक गरिएकोे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कृति विमोचन गरे ।

Advertisement

काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले बुढाथोकीद्वारा सम्पादित ‘शिवपुरी सन्देश साहित्यिक पत्रिका’को ‘प्रजातन्त्रवादी लेखक अंक’को पनि विमोचन गरेका थिए ।

Advertisement

सञ्चारमन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने बताए ।

विमोचन कार्यक्रममा अनुपमा रेग्मी, सविता विमली तथा राजकुमार बानियाले सार्वजनिक कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । उक्त अवसरमा कवि डा. विष्णुविभु घिमिरेले नेपाली साहित्यमा शिवपुरी सन्देश पत्रिका र साहित्यकार वियोगी बुढाथोकीको साहित्यिक योगदानको चर्चा गरे ।

प्रा. डा. कुमारप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वियोगी बुढाथोकी र बाबु त्रिपाठीले पनि बोलेका थिए ।