March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

साम्राज्ञीको गीतमा १ लाख पुरस्कार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो हो ‘माया पिरेम’ । केही दिन अगाडि सार्वजनिक यो गीतको टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ । केहीदिन अगाडि सार्वजनिक यो भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले पुरस्कारको घोषणा गरेको हो । जसको अवधि कात्तिक २२ गतेसम्म राखिएको छ ।  

पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौं हुनेले १५ हजार, सातौं हुनेले १२ हजार, आठौं हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजकले विजेताको छनौट प्रक्रियाबारे केही उल्लेख गरेको छैन । माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा साम्राज्ञीको अलवा देलविस दर्शनधारी र राज तुम्बाहाम्फे र अलिसा शर्माको अभिनय छ ।
डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । 

Advertisement