May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

‘हुन्न नभन’ सार्वजनिक

अभिनय निरौला र रञ्जना तिमल्सिना अभिनीत प्रेमिल शैलीको ‘हुन्न नभन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

Advertisement

यस गीतमा गायक अभिनय निरौला र गायिका अस्मिता अधिकारीको स्वर समावेश छ। योगेन्द्र उपाध्यायले संगीतबद्ध गरेको यस गीतलाई सुवास जोशीले संगीत संयोजन गरेका हुन्।

Advertisement

रोमान्टिक भर्सनको यस गीतमा सायरीसमेत प्रयोग गरिएको छ। ए. धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि. लिङ्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

‘अभिरन इन्टरटेन्मेन्ट’को आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।