राम र रावणको भूमिका निभाउँदै रणवीर र ऋतिक


मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र ऋतिक रोशन महाकाव्य रामायणको सिनेम्याटिक भर्सन (चलचित्र)मा सँगै देखिने भएका छन् । यो चलचित्रमार्फत अभिनेताद्धय पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।
चलचित्र ज्याकी भगनानीको ठुलो लगानीमा बन्न लागेको हो ।
बलिउड हंगामाकाअनुसार, अभिनेता रणवीर ‘राम’ र ऋतिक ‘रावण’को भूमिकामा देखिनेछन् । यसैको पहिलो चरणको कुराकानीका लागि अभिनेताद्वय रणवीर र ऋतिकले हालै निर्मातालाई भेटेका छन् ।
अहिले निर्माण टिम सीताको भूमिकाका लागि अभिनेत्रीको खोजीमा छ ।
छलफलमा चलचित्र अर्को वर्षको मध्यतिर छायांकनमा जाने योजनाबारे पनि कुरा भएको छ । चलचित्रको आधिकारिक रूपमा घोषणा भने राम, रावण र सीता फाइनल भएपछि मात्रै गर्ने योजना टिमको रहेको छ ।








प्रतिकृया दिनुहोस्