जनगायक जेबी टुहुरेको निधन
जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ। उनको बिहीबार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो। उनलाई करिब तीन हप्ता पहिले स्ट्रोक भएको थियो। स्ट्रोकले घरमै लडेपछि उनलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा बिहीबार बिहान निधन भएको कलाकार मनोज गजुरेलले जानकारी दिए।
उनका आमा दिदी बैनी हो, चौरी चर्ने ठाउँमा लगायतका गीत चर्चित छन्।
उनी नेकपा (माओवादी) केन्द्रका तर्फबाट संविधानसभा सदस्य थिए। मंगलबार मात्रै सरकारले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने बताएको थियो ।
आफ्ना गीतहरु मार्फत आन्दोलनहरुमा अग्र मोर्चामा देखिने उनी महिला अधिकार र सशक्तिकरणका पक्षमा वकालत गर्थे।
प्रतिकृया दिनुहोस्