May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजकुमार र गरिमाको जोडी ‘मन कि मञ्जरी’मा

बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मञ्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेन्ज रहेको गीतमा रमेश मास्केको शब्द छ ।

गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्माको मोडलिङ देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ । 

बलबहादुर द भ्वाइस अफ नेपाल सिजन २ प्रतियोगी पनि हुन् ।  उनको यस अगाडि आएको ‘जेल पनि सहुँला…’ले चर्चा पाएको थियो ।

Advertisement