May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पत्रपत्रिका

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए। ‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के…

पूर्णमात्रा खोप २८ प्रतिशतले लगाए

पूर्णमात्रा खोप २८ प्रतिशतले लगाए

देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिएको हो ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलकाअनुसार यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । उनका अनुसार नेपालमा हालसम्म एक करोड ७८…

  • कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

    कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

    सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन...

  • एमालेमा ‘१० भाइ’को संगठित गुट विघटन

    एमालेमा ‘१० भाइ’को संगठित गुट विघटन

    आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट विघटन भएको हो। विधान...

  • कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

    कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

    सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न निर्देशन दिएका...

  • ब्याजदर बढाउँदा पनि आएन निक्षेप

    ब्याजदर बढाउँदा पनि आएन निक्षेप

    वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको...

  • एउटा अधुरो प्रेमकथाः भेट्दै नभेटी गइन् लक्ष्मी

    एउटा अधुरो प्रेमकथाः भेट्दै नभेटी गइन् लक्ष्मी

    वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो । एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे ।...

  • एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे

    एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५  जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।    त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।...

  • एमालेमा ओलीलाई सहज, अरुलाई असहज

    एमालेमा ओलीलाई सहज, अरुलाई असहज

    नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ। पार्टीमा नेतृत्वका लागि ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायत विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो। नेतृत्वका लागि आकांक्षी देखिएका महासचिव...