पर्यटन विभागद्वारा क्यासिनोलाई १२ बुँदे निर्देशन


भैरहवा–भैरहवा लगायत मुलुकका सिमावर्ती क्षेत्रमा सञ्चालित क्यासिनोले नियम पालना नगरेको जनाउँदैं नियामक निकाय पर्यटन विभागले १२ बुँदे निर्देशन जारी गरेको छ ।
गुनासो र उजुरीका आधारमा क्यासिनो व्यवस्थित तुल्याउन विभागले गत कार्तिक २९ गते यस्तो निर्देशन जारी गरेको हो । निर्देशनका क्रममा विभागबाट इजाजत पत्र लिई सञ्चालनमा रहेका क्यासिनोले कानुन बमोजिम पालना गर्नुपर्ने शर्त, मापदण्ड तथा निर्देशन पूर्ण पालना नगरिएको उजुरीका आधारमा विभागको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
साथै सम्पति शुद्धिकरण निवारण ऐन २०६४, पर्यटन ऐन २०३५ र क्यासिनो नियमावली २०८२ मा उल्लेखित व्यवस्था, शर्त र निर्देशन अनिवार्य रुपमा पालना गर्न भनिएको हो । क्यासिनो अनुगमनका क्रममा उल्लेख गरिएका व्यवस्था तथा शर्त पालना गरेको नपाइएमा कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।
क्यासिनोलाई जारी गरिएको निर्देशनमा सम्पति शुद्धिकरण तथा आतंकारी कार्यमा वित्तिय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन पालना गर्नुपर्ने, नेपाल राष्ट्र बैंकबाट विदेशी परिवत्र्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने, क्यासिनो नियमावली २०८२ र सम्पति शुद्धिकरण तथा आतंकारी कार्यमा वित्तिय लगानी निवारण सम्बन्धमा विभागबाट क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन बमोजिम नियमित विवरण विभागमा पेश गर्नुपर्ने छन् ।
यसैगरी क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्रिक विवरणहरु अध्यावधिकगरि विभागले माग गरेको बेलामा उपलब्ध गराउने, क्यासिनो स्थलमा हुने सबैं गतिविधिको रेकर्ड गर्नेगरि सीसीटीभीको अभिलेख कम्तिमा ६ महिना राख्नुपर्ने, तेस्रो पक्षसँग सम्झौंतागरि क्यासिनो सञ्चालन गर्न नपाइने उल्लेख छ ।
इजाजत दिएकोबाहेक अन्य स्थानमा क्यासिनो सञ्चालनमा प्रतिवन्ध लगाइएको छ । इजाजत प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नुअघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आमस्मिक लाभकर अग्रिम रुपमा कट्टिगरि लिनुपर्ने, आकस्मिक लाभ कर कट्टि गरेपछि इजाजत प्राप्त कम्पनीले खेलाडीलाई लाभकर तिरेको प्रमाणपत्र दिई त्यसको विवरण सम्बन्धित आन्तरिक कार्यालय पठाएर विभागलाई जानकारी गराउनु पर्ने छ ।
इन्टरनेटमा आधारित वा अनलाइन माध्यामबाट खेल खेलाउन प्रतिवन्ध हुने, क्यासिनो तथा होटल परिसरभित्र तथा बाहिर पर्याप्त सुरक्षा प्रत्याभूति हुनुपर्ने, कानुन बमोजिम स्थानीय सुरक्षा निकायका निर्देशनको पूर्ण परिपालना गर्नुपर्ने लगायत निर्देशन गरेको छ ।








प्रतिकृया दिनुहोस्