कस्तो रह्यो बुटवलमा आयोजित एमालेको आमसभा ? (तस्बिरहरू)


बुटवल– नेकपा एमाले, रुपन्देहीले शनिबार बुटवलमा आमसभा गरेको छ । जेनजी आन्दोलनपछि पालिकास्तरमा जनप्रदर्शन गरेको एमालेले बुटवलमा आमसभा गरेको हो । आमसभामा पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गरेका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट कार्यकर्ता तथा समर्थकहरु सभामा सहभागी भएका थिए ।
लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना गरिएको जनसभामा पार्टीका २३ वटै जनवर्गीय संगठनले सहभागिता जनाएका थिए ।












प्रतिकृया दिनुहोस्