June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

विश्व शान्तिकाे कामना गर्दै लुम्बिनीमा ५ हजार दीप प्रज्वलन

Advertisement

लुम्बिनी- विश्व शान्तिकाे कामना गर्दै बुद्व जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन साथै शान्ति प्राथना गरिएको छ । आइतबार साँझ लुम्बिनीस्थित शान्ति दीप नजिकै बेबी बुद्ध परिसरमा ५ हजार दीप प्रज्वलन गरिएको छ । यस्तै, शान्ति पाठ गरेर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएकाे हाे ।

Advertisement

युनिभर्सल पिस स्याङ्चुरीकाे आयाेजनामा भएकाे कार्यक्रममा बाैद्व धार्मिक गुरू, भिक्षु भिक्षुणी, नेपाल स्काउट र स्थानीयकाे सहभागिता रहेकाे थियाे । सहभागीले ५ हजार दीप प्रज्वलन गरेर शान्ति कामना गरेका थिए । विश्व शान्तिधाम निर्माणमा सक्रिय स्याल्पा तेन्जिङ रिन्पाेछेले यस वर्ष लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्जवलन गरि दिवस मनाइएकाे जानकारी दिए ।

नेपालकाे पछिल्लाे आन्दाेलन र त्यसबाट उत्पन्न अशान्ति अन्त्यका लागि समेत कामना गरेकाे उनले बताए । ‘विश्वभर शान्ति स्थापना हाेस्, सबै विच एकता कायम हाेस्,’ उनले भने, ‘नेपालमा शान्ति छाओेस् र नेपाली सम्प्रभुता जाेगियाेस् भनेर ५ हजार दीप बालियाे ।’

उक्त अवसरमा भिक्षुभिक्षुणी, उपासक उपासिका, लुम्बिनी विश्व विद्यालयका विद्यार्थी, लुम्बिनी स्काउटका प्रतिनिधि र लुम्बिनी भ्रमणमा आएका पर्यटकहरू दीप प्रज्जवलनमा सहभागी भएका थिए । प्रत्येक बर्ष सेप्टेम्बर २१ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।