May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ५ सहित ६ जना बिरामी

Advertisement

गुल्मी– विषालु जङ्गली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ५ जनासहित ६ जना बिरामी भएका छन् । गुल्मीको गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका स्थानीयले विषालु च्याउ खाँदा उनीहरु विरामी परेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर सारुका अनुसार बिरामी पर्नेहरूमा ८३ वर्षीया केरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीयाा बिपना रजाली, १० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बिपना रजाली छन् ।

बुधबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरूलाई अचानक पेट दुख्ने, वाकवाकी हुने र बान्ता हुने समस्या देखिएको थियो । प्रारम्भिक उपचारका लागि उनीहरूलाई सुभ सारथी मेडिकल, मजुवामा पुर्याइएको थियो ।