रूपन्देहीमा हट्यो निषेधाज्ञा र कर्फ्यु आदेश


भैरहवा– जेनजी आन्दोलनपछि रुपन्देहीमा जारी कर्फ्यु र निषेधाज्ञा आदेश हटाइएको छ । जिल्लाको जनजीवनलाई सहज बनाउनका लागि शुक्रबार बिहानदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जानकारी दिए ।
‘जिल्लाको जनजीवन विस्तारै पूर्ववतः अवस्थामा फर्किँदैछ’, उनले भने, ‘आजलाई कर्फ्यु आदेश हटाइएको छ ।’ उनले कर्फ्यु आदेश हटे पनि सुरक्षा निकायले सम्भावित जोखिमलाई हेरेर निगरानी भने यथावत राखेको जनाए ।
रुपन्देही जिल्लाको शान्ति, सुरक्षामा क्रमशः सुधार हुँदै जान थालेपछि जिल्लाभर लगाइँदै आइएको कर्फ्यु तथा निशेधाज्ञा शुक्रवारदेखि हटेको उनले बताए । जेनजी आन्दोलन पछि रुपन्देहीमा भदौ २३ देखि निषेधाज्ञा र कर्फ्यु आदेश जारी भएको थियो । जेनजी आन्दोलनका क्रममा रुपन्देही खर्बौंको क्षति भएको छ । बुटवल–भैरहवाका सरकारी कार्यालय र ठूला व्यवसायिक प्रतिष्ठानमा ठूलो क्षति भएको छ ।








प्रतिकृया दिनुहोस्