बेलहियाको अध्यागमन सुधार गरौं


भैरहवा– हामी कराउने मात्रै भयो । भैरहवामा जति कार्यक्रम आयोजना गरिन्छ, ती कार्यक्रममा पुगेर पर्यटनसित सम्बन्धित समस्या सुनाउने मात्रै भएको छ । हाम्रो मागहरु कहिले सम्बोधन हुन्छन्, ठेगान पनि भएन । मैले मात्र होइन, रुपन्देहीका हरेक पर्यटन व्यवसायीले अहिले रुपन्देहीका पर्यटनका समस्या सुनाउने गरेका छौं । हाम्रा समस्याप्रति को जिम्मेवार हो र कहिले जिम्मेवार बन्ने हुन् ? चिन्ताको विषय छ ।
हामीले माग गर्न छाड्नु भएन । अहिले मुलुकका मन्त्री–प्रशासकलाई नै हामीले समस्या सुनाउने हो । उहाँहरुसित झगडा पनि गर्नुु नै पर्छ । अहिलेसम्म हाम्रा गुनासा सुनेर केही नगरे पनि अन्ततः माग सुनुवाई गर्ने जिम्मेवारी पनि मन्त्री–प्रशासकहरुकै हो । रुपन्देहीको बेलहिया नाकामा रहेको अध्यागमनको समस्या कहिल्यै समाधान भएन । पर्यटकले सधैं अध्यागमनमा झमेला बेहोरिरहनु परेको छ । अस्तव्यस्त नै छ । पर्यटक घण्टौं लाम लाग्नु पर्ने बाध्यताको अन्त्य कहिले हुने होला ?
अध्यागमनको समस्या समाधान गर्ने गृहमन्त्रालयले होला । गृहमन्त्रालय मातहत अध्यागमन रहेको छ । त्यसो हो भने रुपन्देहीका प्रत्येक प्रमुख जिल्ला अधिकारीले यो समस्या आँखाले देख्नु भएको छ । एकातिर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर अलपत्र जस्तै छ । अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा रुपन्देहीको पर्यटन क्षेत्र थिलोथिलो भइसकेको छ ।
अहिलेका लागि बेलहिया नै भारत लगायत मुलुकबाट पर्यटक भित्रिने मुख्य स्थल नाका हो । गाडी मार्फत् दैनिक ५ हजार हाराहारी भारतीय आइरहेका छन् । यो सानो संख्या होइन् । अहिले पर्यटक आउने सिजन सुरु हुन लाग्यो । सरकारले गम्भीरता पूर्वक बेलहिया स्थित अध्यागमन कार्यालय व्यवस्थित गरोस् । कर्मचारी पर्याप्त छैनन् । विगतमा जस्तै अध्यागमनमा घण्टौं लाइन बस्नुपर्ने बेला आउन थाल्यो ।
अहिले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ । पर्यटन मन्त्रालयले स्थल नाका व्यवस्थित बनाउने र अन्तर्राष्ट्रिय विमानस्थल चलाउने कुरा भारतीय पक्षसामु बलियोसँग राखोस् ।








प्रतिकृया दिनुहोस्