June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

गणतन्त्र दिवसमा लुम्बिनी प्रदेश राजधानीमा प्रभातफेरी (फोटो फिचर)

Advertisement

दाङ– १८औं गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रभातफेरि निकालेको छ । गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेको सरकारले बिहीबार बिहान प्रदेश राजधानी देउखुरीमा प्रभातफेरि निकालिएको हो ।

Advertisement

प्रदेश सरकारले तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी निर्णय गरेको थियो । जसअनुसार आज मुल समारोह आयोजना गरिएको छ ।दिवसको अवसरमा विभिन्न कला, संस्कृतिसहितको झाँकी सम्मिलित प्रभातफेरीको आयोजना गरिएको हो । राप्ती गाउँपालिकाको परिसरबाट सुरु भएको प्रभातफेरी प्रदेश सभा पुगेर सभामा परिणत भएको छ ।

स्थानीय कला, संस्कृति, समुदायको भेषभूषा र पञ्चे बाजासहितको प्रभातफेरी सुरु भएको छ । प्रभातफेरीमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी तथा आम समुदायको सहभागिता छ ।